आहार–विहार र सहवासले युवाहरुको ध्यान धर्ममा गएन ः ज्योतिषि वेद गुरु

409

नेपाल ज्योतिष परिषद् मकवानपूर जिल्लाका अध्यक्ष ज्योतिषि वेद गुरु सँग हिन्दुखबरमा गरेको कुराकानीमा आधारीत अन्तवार्ता

१.हिन्दुखबर डटकमको अन्तर्वातामा यहाँलाई स्वागत छ ।
— धन्यवाद ।

२.मानिस आज किन धर्मभन्दा अन्य कुरामा ध्यान दिन्छ ?
— आहार–विहार–सहवास आदिमा भौतिकताले विजय हासिल गरेको जस्तो देखिन्छ, त्यसैले ।

३.तपाइले आजको युवापिडिलाई धर्मको ज्ञान कसरी दिनुहुन्छ ?
— भए–गरेका काम–कुरामा घटाएर वा मिलाएर धर्म भनेको यस्तो चीजहो ।
धर्मशब्दको परिभाषा र प्रकारहरुदेखाएर वा वुझाएर ।

४.नेपालमा के हिन्दुराष्ट्र आवश्यक हो ?
— सवैका आ–आफ्नापहिचान हुन्छन् । नेपालीको स्वयं सिद्ध पहिचानभएकाले आवश्यक छ ।

५.नेपाल सनातन देखि चलिआएको हिन्दुराष्ट्रलार्इ धर्म निरपेक्षत ाबनाउने राजनितिक नेतृत्वलाई के भन्न चाहनुहुन्छ ?
— आफ्नो घर डढाएर खरानी बेच्ने व्यवहार बनेको छ । लोभमा अधीनस्थ भएकाहरुको के कुरा गर्नु । हामी नै सक्रिय बन्नुपर्छ ।

६.आजभोलिक ायुवायुवतीहरुको ज्योतिषशास्त्रमा अत्यन्तै विश्वास भएको पाइन्छ, कारण के होला?
— आफ्नावितेका कुराकाआधारमाविश्वास मानेर पछिका कुरा जान्न–बुझ्न चाहनु स्वभाविकै हो ।

७.ज्योतिषी र पण्डितहरुलाई किन उपेक्षित भावले हेरिन्छ ?
— ज्योतिषीले ज्योतिषीको कत्र्तव्य र पण्डितले पण्डित शब्दको अर्थ र महिमा बुझेर कत्र्तव्य निष्ठ नरहेका पनि व्यक्तिहरुको चाल–चलन देखेर होला ।

८.धर्म र ज्योतिष शास्त्रले मानवजगतलाई के सन्देश दिएको छ ?
— “कत्र्तव्य गर । मार्गदर्शन पाइन्छ अनुसरण गर्ने सन्देशात्मक विषयजान्ने–बुझ्ने प्रयास गर” भन्ने पाइन्छ ।

९.ज्योतिषी र पण्डितहरुलाई हामीले के गरेमा आम नागरिकको दृष्टिमा सकारात्मक बनाउन
सकिन्छ ?
— संयम, तर्कपूर्ण एवं जिज्ञासु भावले खोजी गरेर नजिक बसेर वा सम्पर्कमा रहेमा सकारात्मक ऊर्जा पाइन्छ भन्ने विश्वास लिएको खण्डमा सकारात्मक बनाउन सकिन्छ ।

१०.नेपाल ज्योतिष परिषद् कस्तो संस्था हो ?
— नेपाल ज्योतिष परिषद् धेरै परसम्मको लक्ष्य लिएको संस्था हो । यसका उद्देश्यहरु हेरेर अनुसन्धान गरेमा जानकारी पाइन्छ ।

११.नेपालमा ज्योतिष परिषद्ले के के काम गरेको छ ?
— जिल्ला परिषद्को हैसियतले यहाँभए–गरेका कार्यहरुमा शैक्षिक (ज्योतिष सम्वन्धी)जागरण ल्याउन प्रशिक्षण स्वास्थ्य परीक्षण, समायानुकूल जागरणका क्रियाकलाप गर्नुका साथै वर्तमान समयमा नवग्रहमण्डप सहितको कार्यालय भवन निर्माणको थालनी भएको छ ।

१२.कोभिड महामारीमा परिषद्को तर्फबाट के सन्देश छ ? नेपालीदाजुभाईलाई ?
— आफ्नो परम्परागत कत्र्तव्यहरु गरेर रहेमा कुनैपनि साना–ठूला रोगले प्रभाव पार्न सक्दैनन् । “आफ्नै कारणले सुख–दुःखका भोगाइ भोग्नुपर्छ”भन्ने कुरामा विश्वास लिनुपर्छ ।

१३.यसलाई नियन्त्रण गर्न के आवश्यक छ ?धार्मिक ज्योतिषीय उपाय?
— महामारी नियन्त्रण गर्न दैवीशक्ति, शारीरिक शक्ति (रोगसँग सामना गर्न सक्ने शक्ति) का साथै आत्मबल (दुवै किसिमले) सञ्चय गर्न अनुभवीहरु सँगको सहवास आवश्यकपर्छ ।

१४.व्यस्त समयका बावजुद पनि हामीलाइ समय दिनुभयो हार्दिक आभार प्रकट गर्दछु ।
— बरु आफ्नो व्यस्त समय मध्येबाट समय निकालेर जिज्ञासा राखिदिएर आफ्ना कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद ।