नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने घोषणा

157

नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् ।

बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’  लुम्बिनी प्रदेशमा राप्रपाका राणासहित दुई जना जनप्रतिनिधि रहेका छन् ।

राष्ट्रिय सभा सदस्य चयनका लागि  दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान जारी छ । दिउँसो ३ बजेसम्म हुने मतदानको नतिजा सोमबार नै आउनेछ । निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । उनको ट्वीट जस्ताको त्यस्तै

Dr.Dhawal Shumshere Rana
आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन।मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!