गणतन्त्र आएपछि कसले के पाए त ?

568

कृष्ण प्रसाद आचार्य 

सन्धिखर्क (१०, अर्घाखाँची ।

१.केपी ओलि

केपी ओलिले गणतन्त्र आएपछि बालकोटमा दुईटा घर बनाए। तीन पटक प्रधानमन्त्री भए। सात पुस्तासम्म पुग्ने बंगला बनाए। आसेपासेलाई सरकारी नियुक्ति दि । नियुक्ती पाएकाहरूले, तारा छुने सम्पत्ती कमाए।

२.शेरबहादुर देउवा

देउवाले आफू र आफ्नी श्रीमती, देशको जुनसुकै कुनाबाट पनि चुनाबमा उठे पनि त्यहाँ कम्तिमा सात तलाको घर किन्न सक्ने जति अकुत सम्पत्ती कमाए। उदाहरणको लागि गत चुनाबमा आरजु राणा देउवा धनगढी कैलालीबाट प्रतिनिधी सभा चुनाबमा उठ्नुभयो र देउवा दम्पतीले त्यहाँ घर किने।

३.पुष्पकमल दाहाल ‘प्रचण्ड’

गाउँमा कसैले बाध्यताले दोश्रो बिहे गरेछ भने जनअदालतबाट कारबाही गर्ने प्रचण्ड। आफ्नै छोरा प्रकाशले तीन ओटा श्रीमती ल्याउँदा पनि खुशी। दङ्ग। तास खेलेको देख्दा तास कोच्याएर कारबाही गर्ने प्रचण्ड आफै तास खेल्दैछन्। फोटो उपलब्ध छ। यो नै ठूलो उपलब्धि हो।

गणतन्त्र आएर रेणुका बुवाले, मतपत्र च्यातेर छोरीलाई मेयर बनाए। आफू बाकस साँटेर प्रधानमन्त्री भए। प्रचण्डको सम्पत्ती कति छ भनेर नाप्ने कुनै यन्त्र बनिसकेको छैन। मलाई लाग्छ, प्रचण्ड दोश्रो “विनोद चौधरी” हुन्। नदेखिएका विनोद चौधरी।

४. भीम रावल

अछामको एक केटोको कसरी काठमाडौंमा घर बन्यो? गणतन्त्र आएपछि भीम रावलले काठमाडौंमा घर बनाए। छोरालाई डाक्टर पढाए। आफू करिब आधा दर्जन पटक मन्त्री भए।

५. कृष्णबहादुर महरा

रोशनीलाई बलत्कार गरेको यथेष्ठ प्रमाण हुँदाहुँदै पनि मुद्दा टालटुल भयो। अदालतबाट छुटे। गणतन्त्र आएपछि बलत्कार गर्दा पनि उनी छुटे। यो गतिलो उपलब्धि हो। उनी आधा दर्जन बढी पटक मन्त्री भए।

६. जनार्दन शर्मा

आधा दर्जन बढी पटक मन्त्री। छोरीलाई अमेरिका। जनार्दन शर्माको पनि सम्पत्ति नाप्ने यन्त्र बनिसकेको छैन। भन्नेहरूले यीनलाई ‘रूकुमहत्या काण्डको प्रमुख योजनाकार’ भन्छन्। यो आरोप होकी के हो? खासै जानकार छैन। हो भने त्यो महत्वपूर्ण उपलब्धि हो।

७. विष्णुप्रसाद पौडेल

बालुवाटारमा जग्गाको टुक्रो जोडे। यो भन्दा गतिलो उपलब्धि के होला र? अब सिंहदरबार पनि किनुन्। शुभकामना छ।

८. वर्षमान पुन

बुढाबुढी मिलाएर दर्जन बढी पटक मन्त्री भए। कति सम्पत्ती कहाँ छ? कसैलाई थाहा छैन। भन्नेले भन्छन्, ‘माओवादी भित्र गरिब नेता यिनै हुन रे।’ तर माओवादी भित्रका यिनी ‘बेल गेट्स’ हुन्। बुढाबुढी मन्त्री, आरामदायी बसोबास, यति भएपछि गणतन्त्र आएको उपलब्धि हुने नै भयो।

९. गगन थापा

बाख्रा बेखबर छन्। अस्ति इन्टरभ्यूमा भनेछन्, “मैले केही बाख्रा खाएँ। केही बाख्रा बेचेको थिएँ। केही बाख्रा कसैलाई दिएँ।” जनताले एक छाक खान पाएका छैनन्। यसरी बाख्रा खान पाउनु गणतन्त्रको उपलब्धी नभई के हो त? विपी प्रतिष्ठान धरानमा, भिसी नियुक्त हुँदा अकुत घुस खाएको आरोप छ। यो सत्य भने गणतन्त्र यिनका लागि पनि वरदान नै हो।

१०. नेत्रविक्रम चन्द ‘विप्लव’

छोरो डाक्टर पढिसक्यो। जनताका छोराछोरी उचाल्यो। क्रान्तिकारी गफ बेच्यो। अरूका छोराछोरी पढ्ने स्कुलमा बम हान्यो। चन्दा उठायो। जनताका छोरीछोरीको बाल मतलब? यो झन् खतरै उपलब्धि हो।

११. जनताले के पाए त ?

जनताले पाएको केरा हो केरा।

१२. मैले के पाएँ?

फेसबुकमा छाडा लेख्न पाएँ यसरी नै।

१३. तपाईले के पाउनु भयो?

यसरी लेखेको गफ पढ्न पाउनु भयो।

१४. देशले के पायो ?

एउटा राजा फाल्यो। हजारौं छोटे राजा टोलटोलमा पाल्यो। चोकचोकमा पाल्यो। सिंहदरबार होईन, नारायणहिटी दरबार गाउँ गाउँ पुग्यो।

१५. निर्मला पन्तकी आमाले के पाउनुभयो?

आफ्नै बगैँचामा फूलेकी सुन्दर फूल यानकी ‘निर्मला’ गुमाउनुभयो। हत्यारो पत्ता नलागेर दिनहुँ आँशुले मुछेर भात खाने अवसर पाउनुभयो।

अब गणतन्त्रको शुभकामना कसलाई दिउँ? भनिदिनुस ल ।

नोट: म गणतन्त्र विरोधी होईन। तर मैले खोजेको गणतन्त्र यो होइन। जबसम्म ‘शिक्षा र स्वास्थ्य’ निःशुल्क हुने छैन तबसम्म मेरो, घरमा चाहिँ गणतन्त्रको घाम लाग्ने वाला छैन।

(यस आलेखले सम्पूर्णत: लेखकसँग सम्बन्ध राख्दछ)