क्याप्टेन खिमबहादुर सारुको १० औँ दिनको पुण्य तिथीमा काँग्रेसद्धारा श्रद्धान्जली सभा सम्पन्न

433

शिवलाल पौडेल
अर्घाखाँची, २० कात्तिक । सुवर्णखाल गाउँपञ्चयात वडा नं. ९ धातिवाङ्ग तथा साविक धातिवाङ्ग गाविस वडा नं. १ का वडा अध्यक्ष, काँग्रेसका सल्लाहकार क्याप्टेन खिमबहादुर सारुको १० औँ दिनको पुण्य तिथीमा काँग्रेस धातिवाङ्गले श्रद्धान्जली सभा सम्पन्न गरेको छ । पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गका वडा अध्यक्ष शुभबहादुर सारु तथा भेकबहादुर सारुका बुबा क्याप्टेन खिमबहादुर सारुको कात्तिक १२ गते धातिवाङ्गमा ९३ वर्षको उमेरमा निधन भएको थियो । शोकसभामा बोल्दै नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु भुसाल, महासमिती सदस्य यादवप्रसाद घिमिरे, युवा विद्यार्थी विभाग संयोजक पिताम्बर खनाल, समाजसेवी मणिराम पौडेल लगाएतले उहाँले काँग्रेस पार्टीमा पुर्याउँनुभएको योग्दानको बारेमा चर्चा गर्नुभएको थियो । उहाँ क्याप्टेनबाट रिटार भएपछि धातिवाङ्गमा २०३२ सालदेखी २०५९ सालसम्म वडा अध्यक्ष भई गाउँको विकासमा लाग्नुभएको थियो । काँग्रेस धातिवाङ्ग वडा कार्य समिती उहाँले सिकाएको प्रेरणामा सधै लाग्ने र उहाँले गरेको योग्दानलाई सधै सम्मान गर्ने कार्यक्रममा वक्ताहरुले बताएका थिए । शोकसभा कार्यक्रम काँग्रेस वडा कार्य समिती धातिवाङ्गका सभापति शोभाखर पौडेलको अध्यक्षता र नेपाल विद्यार्थी संघ जिल्ला उपाध्यक्ष घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।