सामाजिक सञ्जालमा अभियान सञ्चालन गरेर स्वास्थ्य साम्रागी हस्तान्तरण

241

नविन केसि । अहिले कोरोना महामारीको दोस्रो र तेस्रो लहर चलेको छ । कोरोनाका कारण देशका अधिकासं जिल्लामा लकडाउन भएको छ । घरमा बसेको समयमा अधिकासं युबा देखी पाका पुस्ता सम्मका व्याक्तिहरु भुल्ने माध्यमको रुपमा सामाजिक सञ्जाल फेशबुकलाई लिएका छन । त्यसको गलत प्रयोगले बालबालिकाहरुमा मोबाईलको लत तथा युबायुबतिहरुमा टिकटकको लत लागेको छ । भने फेसबुकको प्रयोगले कयौ व्याक्तिहरुको घरबार समेत उजाड बनेको छ । सामाजिक सञ्जालको सहि सदुपयोग गर्ने हो भने कोरोना महामारी संग जुधनको लागी स्वास्थ्य साम्रागी जुटाउने माध्यम फेशबुक बनेको छ ।

अर्घाखाँची सहयोगी हातहरु नामक अभियानबाट जिल्लामा दास्रो पटक स्वास्थ्य साम्रागी आईपुगेको छ । यस्तै काठमाण्डौमा अक्सीजन अभाब भएको समयमा अभियान्ता सचिन पाण्डे सहितको टिमले घर घरमै अक्सीजन सिलीण्डर बोकेर पुराउने समेत गरेका छन

। जिल्लाको मालारानी गाउँपालिका र छत्रदेब गाउँपालिकामा स्वास्थ्य साम्रागीहरु हस्तान्तरण गरिएको छ । मालारानी गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालको लागी अक्सिजन कन्सटेट्रर सहित  सेनिटाईजर , फेससिल्ड लगायतको सामाग्री प्राप्त भएको  स्वास्थ्य संयोजक भबिश्वर खनालले जानकारी दिनु भयो । बिपतको बेलामा गाउँपालिकामा आई कोभिड अस्पतालमा साम्रागी हस्तान्तरण गरेकोमा पालिका अध्यक्ष बालकृष्ण आचार्यले अभियान्ताहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । कोरोना महामारी संग जुधनको लागी पालिकाले सहयोगी मनहरुलाई सहयोग गर्न समेत अपिल गरेको छ ।  सबैले आफनो ठाउँबाट सक्दो सहयोग गरेमा मात्रै माहामारीलाई परास्त गर्न सकिने पालिका अध्यक्ष आचार्यले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला क्षेत्री , ३ नम्बर वडाका वडा अध्यक्ष शोभाखर खनाल , प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थी , पलिकाका स्वास्थ्य संयोजक भबिश्वर खनालको रोहभरमा अभियान्ता सचिन पाण्डे लगाएतको अभियान्ताहरुको टिमले साम्रागी हस्तान्तरण गर्नु भएको थियो । केहि दिन पहिले अर्घाखाँची अस्पतालको लागी ५ लाख ४२ हजार रुपैया बराबरको आईसियू बेड हस्तान्तरण गरिएको थियो । अभियानमा सहयोग गर्ने सबै सहयोगी मनहरुलाई अभियान्ता सचिन पाण्डेले धन्यबाद ज्ञापन गर्नु भएको छ ।