काँग्रेस सभापति र शिर्षनेताले सयुक्त सार्वजनिक गरे १८सय फ्री अक्सिजन सम्झौता

183

हिन्दुखबर , जेठ २१ ।।
नेपालमा कोरोना संक्रमितको तत्कालै ज्यान जोगाउन सुदुरपश्चिम प्रदेशमा १८०० निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ र नया-पुरानाे खरिद गरि बितरण सम्झौताको सयुक्त सार्वजनिकरण काठमाडाैमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिस्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री डा. शशांक काेइराला, पुर्व महामन्त्री प्रकाशमान सिंह, अग्रज नेताहरु रामशरण महत, सुजाता काेइरालाले सयुक्त रुपमा गर्नुभयो ।
युवानेता क्षितिज भण्डारीको पहलकदमी देशभर लाखौं मास्क, सेनेटाईजर, औषधि, खाधान्न र अन्य सहयोग बितरण भैरहदा यो सहयोगको लागि पहिलो चरणमा ६ लाख र ५ लाख गरि ११ लाख पेश्कि दिईएको सम्झौता नेताहरूले सार्वजनिक गर्नुभयो ।
कांग्रेस सभापति देउवा र नेताहरुले हरिपृया प्रकाश फाउन्डेसनलाई राजनीतिक भेदभाव नगरीकन बिगत झै जनसेवा गर्न सुझाव दिनुभयो । राज्यको बिभेदको सिकार भएको सुदुरपश्चिम प्रदेशका नागरिकलाई अक्सिज्न निशुल्क रिफिलिङ्ग लगायत बितरण योजनाको लाभ उठाउन अनि नेपाली कांग्रेसका हरेक युवानेतालाई यस्तै सामाजिक सेवामा लाग्न आव्हान गर्नुभयो । निशुल्क बितरण गरिने १८०० अक्सिजन सिलेन्डर मध्ये १०० का दरले सुदुरपश्चिमका ८ जिल्ला अस्पतालमा ८०० र १००० सिलेन्डर प्रदेश राजधानी कैलाली अस्पतालहरुमा बितरण हुने युवानेता क्षितिज भण्डारिले बताए ।
हरिपृया प्रकाश फाउन्डेसन र सुर्य शक्ति ग्यास उधाेग बिच सुदुपश्चिमका अस्पतालहरुमा निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ बितरण छुट्टै ६लाख पेश्की सम्झौता रकम अध्यक्ष प्रकाशनारायण भण्डारी मार्फत ह्युमानिटी फाउन्डेसनका अध्यक्ष श्याम टायलको कम्पनीलाई दिईएकोम थप रकम अक्सिजन ढुवानी पश्चात भ्याट बिल पेश गरि फाउन्डेसनले भुक्तानी गर्ने ई.भुवन भट्टले बताए ।