स्वर्गीय ज्योतिषी भुषालको १३ औँ दिनको पुण्य तिथीमा भर्चुअल श्रद्धाञ्जली सभा सम्पन्न

395

 काठमाडौँ , जेठ २१ ।

नेपाल ज्योतिष परिषद्का केन्द्रीय विशिष्ट सभापति स्व.टिकाराम शर्मा भुषालको १३ औँ दिनको पुण्य तिथीको अवसरमा केन्द्रीय समितीले भर्चुअल श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

उक्त सभामा शोक वक्तव्य गर्ने वक्ताहरुले  स्व. भुषालले परिषद्लाई पुर्याएको योगदानको उच्च प्रशंशा गरेका थिए । बोल्ने वक्ताहरुले उहाँको मार्गनिर्देश ,ज्ञान र सन्देशलाई आत्मसात् गर्दे अघि बढेमा मात्रै सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । उहाँको सपना साकार पार्न आगामी वार्षिक पुण्यतिथीमा भवन निर्माण सम्पन्न गरि वहाँको तस्बिरमा माल्यार्पण गर्नुपर्ने बताएका छन् । उहाँको निधनले राष्ट्रिय तथा अन्तराष्ट्रिय ज्योतिषी क्षेत्रमा अपुरणीय क्षती पुगेको बताउँदै उहाँको बैकुण्ठबासको कामना समेत गरेका थिए ।

उक्त सभामा संस्थापक अध्यक्ष डा. लोकराज पौडेल, केन्द्रिय अध्यक्ष माधवराज पाण्डे, वरिष्ठ उपाध्यक्ष केशव धिताल, उपाध्यक्ष लेखनाथ न्यौपाने, सचिव सहप्राडा अर्जुनप्रसाद भट्टराई, निवर्तमान सचिव लक्ष्मण पन्थी, उपमहासचिव पुरुषेत्तम दुबे, प्रचार सचिव घनश्याम चापागाई, केन्द्रीय सदस्य शिवलाल पौडेल, लक्ष्मीप्रसाद सोती, विश्व ज्योतिष महासंघका सचिव चिन्तामणि पोख्रेल, नेपाल ज्योतिष गण्डकी प्रदेश अध्यक्ष रामप्रसाद कोइराला, चितवन जिल्ला अध्यक्ष माधव सापकोटा , कोषाध्यक्ष कृष्णप्रपन्न गौतम, अर्घाखाँची जिल्ला उपाध्यक्ष अनन्तप्रसाद घिमीरे, सचिव विष्णुप्रसाद आचार्य लगायतले शोक वक्तव्य राख्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष माधवराज पाण्डेको अध्यक्षता, कोषध्यक्ष भुपेन्द्रराज घिमीरेको प्राविधीक संयोजन एवम् महासचिव कमल काफ्लेको सन्चालनामा सम्पन्न भएको थियो ।