काठमाडौं । ओली सरकारका महत्वपूर्ण सारथीका रुपमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सरकारबाट बाहिरिने भएका छन् ।

यसको सट्टा अर्थमन्त्री विष्णु पौडेललाई सिनियर उपप्रधानमन्त्री बनाएर प्रधानमन्त्री ओलीले महत्वपूर्ण जिम्मेवारी दिएका छन् ।

एमालेले ०७४ सालदेखि नै मन्त्री भएकाहरुलाई हटाएर नयाँलाई मात्र कायम राख्ने मापदण्ड बनाएका कारण ईश्वर पोखरेल र प्रदीप ज्ञवाली बहिर्गमनमा परेको स्रोतले बतायो ।

यो मापदण्ड अनुसार सरकारमा अब एमालेका तर्फबाट विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, लीलानाथ श्रेष्ठ र बसन्तकुमार नेम्वाङ मात्रै बाँकी रहन्छन्, अरु सबै बाहिरिन्छन् ।

बाहिरिने एमालेका मन्त्रीहरुमा हृदयेश त्रिपाठी, पदमा अर्याल, शिवमाया तुम्बाहाम्फे, पार्वत गुरुङ लगायत पर्नेछन् ।