वातावरण संरक्षण आजको आवश्यकता

45

अनन्तप्रसाद घिमिरे । वातावरण सम्पूर्ण प्राणीहरुको साझा घर हो। यस्तो घरलाइ सफा र स्वच्छ राख्नु हामी सम्पुर्ण नागरिकको कर्तव्य पनि हो ।वातावरणमा नै प्राणीको अस्तित्व सुरक्षित रहेको हुन्छ ।वातावरणका प्राकृतिक श्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो। वास्तवमा भन्नुपर्दा वातावरणको अत्याधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो।

मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ। चाहे त्यो भौतिक वातावरण होस वा अभौतिक वातावरण। व्यक्ति वा समग्र समुदायको विकास प्रक्रियामा वातावरणीय परिस्थितिको भूमिका अत्यन्त महत्वपूर्ण रहन्छ। वातावरण भन्नाले हाम्रो वरिपरि रहेको जमिन, हावा, पानी, वनस्पति, वन्यजन्तु, ठोस वस्तु, फोहरमैला, वन जंगल सबैलाई बुझाउँछ । वातावरण प्राकृतिक र सामाजिक–सांस्कृतिक गरी २ प्रकारको हुन्छ । वातावरण एक वृहत् विषय हो जसले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवश्यकहरू तथा यिनीहरूबिचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई जनाउँछ । वातावरणलाई विशेष गरी दुर्इ भागमा बाँड्न सकिन्छ ।

जसमा प्राकृतिक वातावरण र सामाजिक/सांस्कृतिक वातावरण पर्दछन्। साधारण अर्थमा हामी मानव समाजका आसपासमा रहेको हावापानी, माटो, वनज·ल, पशुपंक्षी, तापक्रम, खनिजआदिलाई प्राकृतिक वातावरण भनेर बुझ्छौ भने मूल्य, मान्यता, रीति, परम्परा, धर्म, सामाजिक स·ठन, सम्बन्ध, लेनदेन आदिलाई सामाजिक/सांस्कृतिक वातावरण भनेर बुझ्छौ। मानवबाहेक पृथ्वीका सम्पूर्ण प्राणी प्राकृतिक वातावरणमा बाँचेका हुन्छन् भने मानवलाई दुवै वातावरणको उत्तिकै आवश्यकता पर्दछ। ‘वातावरणले जीवनका लागि आवश्यक श्रोतहरू उपलब्ध गराउँछ र वातावरण सम्पूर्ण प्राणीका लागि घर हो’ भनेर वातावरणको महत्त्वका विषयमा समाजशास्त्री दुनलप र काटोनले बताएका छन्।

यो भनाइबाट पनि मानव जातिका लागि वातावरणको महत्त्व प्रष्ट हुन्छ। वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पन्न भई वातावरणमा प्रतिकूलता थपिएका छन्। प्रकृतिले मानव उपयोगी वातावरण सुम्पिएको अवस्थामा आज मानिसले विकासको होडमा वातावरणमाथि ठूलो शोषण गरेको छ र आफ्नो जीवनको अस्तित्वलाई दाउमा राखेको छ। क्षणिक फाइदालाई मात्र हेर्दा वातावरण मानवप्रतिकूल बन्दै गइरहेको छ। अझ पनि मानिसको ध्यान पूर्णरूपमा वातावरण संरक्षणमा जान सकेको छैन। वातावरणमा रहेका प्राकृतिक श्रोत र साधनको अत्याधिक शोषणले आज मानव अस्तित्व नै सड्ढटमा परेको छ। ओजनतहको विनास, त्यसको परिणाम स्वरूप र्सूयबाट अत्याधिक मात्रामा परावैजनिकीरण पृथ्वीमा आउने गरेको कारण पृथ्वीमा विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरणजस्ता समस्या विश्वव्यापी रूपमा अत्याधिक जल्दोबल्दो समस्याको रूपमा देखिएको छ।

विकासका क्रममा वातावरण प्रदुषणजस्ता समस्या तड्कारो रूपमादेखिएको छ। वायुप्रदुषण, जलप्रदुषण, ध्वनि प्रदुषणले मानिसमा क्यान्सर, मानसिक रोग लगायतका विभिन्न घातक रोगहरू निम्ताएको हाम्रो सामु छर्लङ्ग छ । वातावरण सम्पूर्ण प्राणीहरुको साझा घर भएका कारण यसको संरक्षण गर्नु हामी सबैको कर्तब्य हो र यसका लागि सम्बन्धित निकायहरुले पनि बेलैमा ध्यान पुर्याउनु आवश्यक देखिन्छ । लेखक: पाणिनी बहुप्राविधिक शिक्षालय,अर्घाखाँचीका प्रशिक्षक हुन् ।