जिल्ला बन कार्यालय द्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता सम्पन्न

225

नारायण घिमिरे `भावुक´/हिन्दुखबर डटकम

विश्व वातावरण दिवस June 5 को अवसरमा जिल्ला बन कार्यालय अर्घाखाँचीले निबन्ध तथा चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ । जिल्ला वन कार्यालयले विश्व वातावरण दिवसको अवसरमा विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भर्चुअल कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा छनोटमा परेका ५ जना निबन्ध प्रतिस्पर्धिको वाचन प्रस्तुत रहेको थियो । उक्त कार्यक्रमा डिभिजन वन अधिकृत मोहन श्रेष्ठको सभापतित्व र बन अधिकृत यादव सापकोटाको संचालनमा भएको थियो भने वन अधिकृत शिला पोख्रेलको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा जिल्ला न्यादिवक्ता जिल्ला सरकारी वकिल कार्यालय,अर्घाखाँचीका निराजन शर्मा लगायत जिल्ला बन कार्यालय अर्घाखाँची तथा पाल्पाका विभिन्न अधिकृत, विद्यालयका प्रध्यानध्यापक तथा विद्यार्थीहरु सहित ३५ जना जतिको उपस्थित रहेको थियो । जसमा निबन्ध प्रतियोगिता तर्फ प्रथम,द्वितीय र तृतीय क्रमश: विकास पान्डे, सीता अधिकारी प्रतीक्षा बेल्बासे र चित्रकला तर्फ प्रथम,द्वितीय र तृतिय क्रमशः सीता अधिकारी,अनिता भुसाल र नन्द बोहोरा भएका छन । कार्यक्रममा पाँचजनाको छनोट भित्र अन्य विद्यार्थीहरु निबन्ध प्रतियोगितामा: गिता घिमिरे र सदिच्छा भट्टराई त्यसैगरी चित्रकला तर्फ भावना बोहोरा र निरुता श्रेष्ठ हुनुहुन्थ्यो ।

निबन्धको शिर्षक : पारिस्थितिक प्रणालिमा ह्रास : कारण,असर र पुनर्स्थापनाका उपायहरु रहेको थियो । कार्यक्रममा छनोटमा पर्ने १० जना विद्यार्थीको लागि स्टेशनरी सामग्रीका लागि रु.२०० र ईन्टरनेट खर्च रु.५०० छुट्टयाइएको थियो भने प्रथम,द्वितीय र तृतीयको लागि क्रमशः रु.६०००/-,४०००/-, र २०००/- रहेको थियो । पाणिनी बहुप्राविधिककी छात्रा सीता अधिकारिले निबन्ध प्रतियोगितामा द्वितीय र चित्रकला प्रतियोगितामा प्रथम भएर जम्मा रु.१०,०००/- पुरस्कार हात पारेकी छिन् । पुरस्कार कुनै औपचारिक अर्को कार्यक्रममा हस्तान्तरण गर्ने जिल्ला बन कार्यालय अर्घाखाँचीले बताएको छ ।