थाहा छ तिम्रो जीवनको भूभाग समथर छ भनेर
भनेकै छु जीवन दु:ख हो पहाडमा घर छ भनेर
पानीमा जहर घोलेर दिइछौ ठिक हो
चिन्ता गर्ने रहिछौ तिर्खाले मर्छ भनेर
मलाई छोडेर पनि खुशी भएकी रैनछ्यौ
बोल्न छोडेकी थियौ आँशु झर्छ भनेर
भर्खर माटो खानलाई सिक्दै छ बच्चाले
आमा लिप्न छोड्दिनन् भित्तो कोपर्छ भनेर
आगोले पोल्दा पनि म मुस्कुराउनु पर्यो
तिमीले फोन गर्यौ खुशीको खबर छ भनेर
रेनपा -४ गुल्मी
ध्रुवराज पन्थी “मिराज”