राजेन्द्र महताेकाे वहुलराष्ट्रिय राष्ट्र वारे राष्टिय युवा सङ्घकाे अाधिकारिक धारणा

278
काठमाडौँ । राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले विज्ञप्ती जारी गर्दै नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गरे पश्चात् आफ्नो पार्टी सरकारमा रहुन्जेल “बहुल राष्ट्रिय राज्य निर्माणका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने”प्रतिक्रिया दिएका छन् ।
उनको यो अभिव्यक्ति नेपालको संबिधान-२०७२ को भाग १,प्रारम्भिक,धारा ३ राष्ट्र का बारेमा गरिएको परिभाषा (बहुजातीय,बहुभाषिक,बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त,भौगोलिक बिबिधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता,राष्ट्रिय हित तथासमृद्धि प्रती आस्थावान रहि एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो) विपरीत छ ।
राष्ट्रका बारेमा राष्ट्रिय युवा संघ नेपालले गरेको परिभाषा नै संविधानमा उल्लेखित परिभाषा हो र उक्त विषयलाई खण्डीत हुन नदिन हाम्रो संघ सदैव क्रियाशील छ । राजेन्द्र महतोले राष्ट्रका बारेमा दिएको अभिव्यक्तिको हाम्रो संघ घोर निन्दा र भत्सर्ना गरिएको राष्ट्रिय युवा संघ सचिवालय सदस्य भविन्द्र घिमीरेले जानकारी दिनुभयो ।