कोरोना भाइरस र लकडाउन

284

टेकन पौडेल ।   नेपालको सन्दर्भमा भन्ने हो भने खास गरी २०७७ साल चैत्र महिनाबाट सुरुभएको कोरोना भन्ने भाइरसबाट सर्ने रोग कोभिड १९ रोग हो । यसबाट नेपालमा पनि निकै प्रभाव पर्यो खास गरि मानविय क्षति भन्दा पनि जिवित मान्छेको दिनचर्यामा यसले बढी प्रभाव पारेको छ । हुनत यस भाइरसको आक्रमणबाट ज्यान गुमाउनेहरुको परिवारमा त पिडानै होला र छ पनि । हुने पनि भयो नै ।

तर राज्यले यसको आँकडा राख्दा अन्य देशको तुलनामा मानविय क्षति कमि नै राखेको होला भन्ने मेरो बुझाई छ । यसबाट उत्पन्न समस्यासँग जुध्न सरकारले गरेको निषेधाज्ञा ( लकडाउन)ले लगभग धेरै जसो मानिसहरुमा पारेको असरले मानिसहरुको जीवनपद्धति नै परिवर्तन गरिदिने निश्चित छ । सायद त्यसैले होला सुरुमा अमेरिका जस्तो देशमा लकडाउन नगरेको यसको अर्थ नेपालले लकडाउन गर्नहुँदैनथ्यो भन्ने चाहिँ होइन । किनकी हामी नेपाली यससँग जुध्न लकडाउन बाहेक उपाय नै थिएन ।

त्यसैैले आफु सक्षम हुनको लागि राज्यले कुनै कसर नराखोस् । सम्पूर्ण जनता राज्यको पक्षमा हुनेछ । अन्त्यमा यस कोरोना भाइरसबाट ज्यान गुमाउनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । र संक्रमितहरुमा स्वास्थ्यलाभको कामना गर्दछु । अन्त्यमा छिटो भन्दा छिटो भ्याक्सिन आइ सम्पूर्ण नेपालीले लगाउन पाइयोस् हार्दिक शुभकामना ।

टेकन पौडेल पाणिनी ०६ धातिवाङ्ग अर्घाखाँची