पानी! पानी! पानी! ( कविता)

626

कोपीला अधिकारी ।
जीवनको अनिवार्य स्वच्छ पिउने पानी
स्वच्छ सफा मात्र प्रयोग गर्ने गरौँ बानी
पानी जस्तो ठुलो अरु छैन यस धर्तीमा
धेरै काम लेउ यसको जीवनको प्रतिमा ।।१।।
गाउँ शहर झिलिमिली त्यही पानीले गर्दा
पानी पानी आवाज आउँछ सब प्राणि मर्दा
उद्योग धन्दा विकाशहरु पानीबाट चल्छ
पानीबाटै झिलिमिली बत्ती पनि बल्छ ।।२।।
पानी विना मनुष्यको कल्पनै नगरौँ
स्वच्छ पानी खेर फाली आपतमा नपरौँ
थोपा थोपा पानीबाट समुन्द्र नै बन्छ
समयमै ख्याल गर पछि काम दिन्छ ।।३।।
जलश्रोतको खानी जस्तै हाम्रो नेपाल देश
प्रयोग गर्ने बानी भए उत्तम पार्छ भेष
कैले कैले ठाउँ ठाउँमा पानी हुँदैन पिउनलाई
बिना पानी यस धर्तीमा गाह्रो छ जिउनलाई ।।४।।
कोपिला अधिकारी
शितगङ्गा नगरपालिका ०५ जुकेना
अर्घाखाँची