नेविसंघ महामन्त्री युवराज पाण्डेय द्धारा गल्याङ्ग नगरपालीकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

431

स्याङ्जा । नेपाल विद्यार्थि संघको साथ अभियानले देशै भरी तिब्रता पाएको छ । देशका विभिन्न ठाउमा नेपाल विद्यार्थि संघले स्वास्थ्य सामाग्रहरु वितरण गरीरहेको छ भने अप्ठेरोमा परेकाहरुलाई नेविसंघका नेता कार्यकर्ताले सहयोग अभियान चलाईरहेका छन् । अभियानकै क्रममा आज गल्याङ नगरपालिका ,स्याङ्जामा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य गुरु भट्टराईको पहलमा नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री युवराज पाण्डेयको अग्रसरता र संयोजनमा कोभिडका समयमा अत्यन्त उपयोगी हुने विभिन्न स्वास्थ्य सामग्रीको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीलाई नगर कार्यपालिका को कार्यालयमा हस्तान्तरण गरीएको नेविसंघ महामन्त्री युवराज पाण्डेयले जानकारी दिनुभएको छ ।उक्त कार्यक्रममा नेपाली कांग्रेस गल्याङका नगर सभापति एव ने का महासमिति सदस्य श्याम प्रसाद बस्याल, ने का  महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस महिला विभाग सदस्य खगिसरा भण्डारी, गल्याङ- ३ का वडा अध्यक्ष महेश भट्टराई, नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्र राना, नेपाली कांग्रेस गल्याङ(४ का वडा सभापति ढाकाराम न्यौपाने, नेपाल तरुण दल गल्याङका अध्यक्ष कृष्ण भट्टराई, ने वि संघ पाल्पाका सचिव सुभाष गैह्रे प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

पल्स अक्सिमिटर ३ थान , पि पि ई ७ सेट, डिजिटल थर्मोमिटर तीन थान, फेस सिल्ड १५ थान, गगल्स ५ थान ,के एन र सर्जिकल मास्क गरी ८०० पिस. कोभिडसंग सम्बन्धीत औषधीहरु १ कार्टुन लगायतका सामग्रीहरु हस्तान्तरण गरीएको छ । यस अघि नेविसंघले जिल्लाका विभिन्न ठाउमा पनी स्वास्थ्य समाग्रीहरु सहयोग गरेको थियो ।