काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टी एकतालाई लिएर उक्त प्रस्ताव पेश गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेलाई विं.सं. २०७५ को जेठ ३ अनुसार नै अघि बढाउने प्रस्ताव पेश गरेका हुन् ।
यसका लागि प्रधानमन्त्री नियुक्तिका लागि पार्टीबाट निष्कासित भएका नेता माधव नेपाल समूहले शेरबहादुर देउवालाई दिएको हस्ताक्षरसहितको समर्थन फिर्ता लिन प्रस्ताव गरेका छन् ।