घनश्याम पाैडेल
अर्घाखाँची, २४ जेठ । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानकाे (चिवेक) नजिक बाैवा भन्ने ठाउँमा अवरुद्ध सड्क खुलाउन सुरू गरिएको छ ।

११ दिनसम्म बाटाे बन्द भएपछि हिन्दुखबर डटकमले जेठ २३ गते पाणिनीको मैदानमा ११ दिनदेखी ढोरपाटन सडक अवरुद्ध, सरोकारवाला बेखबर ! भन्ने शिर्षककाे समाचार प्रकाशन गरेकाे थियाे ।

उक्त समाचार प्रकाशन भएकाे अर्केा दिन अर्थात आजबाट नै बाटाे खुलाउन सुरू भएकाे छ । पहिराे गएकम ठाउँबाट फुदवाङ्ग–बलेवाङ्ग सडक पिचँका लागी जिम्मा लिएको ठेकेदार कम्पनीले लाखौँको बालुवा उक्त क्षेत्र उत्खनन गरेर लगेको थियो । सोही वालुवा खनेकै कारण ठुलो पहिरो गएको थियाे ।

१२ दिनदेखी बाटो अवरुद्ध हुदाँ आवातजावतमा निकै समस्या रहेको चिवेकका राजेन्द्र पौडेलले बताए । ‘

बाटाे अवरुद्धका कारण मोटरसाईकल भने सामान्य रुपमा चल्दै आएका छन् ।