आजको राशीफल , मिति २०७८/०२/२५ गते मङ्गलबार । तपाईंको दिन शुभ रहोस् ।

336

-ज्यो.अनन्तप्रसाद घिमिरे
आज मिति २०७८ साल ज्येष्ठ २५ गते मङ्गलवार । सन् २०२१ जून ८ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४३। ज्येष्ठ कृष्णपक्ष त्रयोदशी/चतुर्दशी तिथि। भरणी /कृतिका नक्षत्र। मुसल योग । गर करण । मेष राशीमा चन्द्रमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन तथा अध्यापनको क्षेत्र राम्रो छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्तसग सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान
दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक कार्यमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो भन्दा पनि अरुकै बारेमा चासो लिने बानिले समस्या निम्त्याउन सक्छ। आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपन आउन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुसार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा विवाद हुनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने छ । माया प्रेममा सामान्य मनमुटाव हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा वाैद्विक व्यक्तित्वसग भेटघाट हुनेछ ।

लेखक:नेपाल ज्योतिष परिषद् ,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।