नेपाली काँग्रेस तनहुँका कोषाध्षक्ष गुरुङले गरे अतिविपन्न सुत्केरी महिलाको उद्धार

111

तनहुँ । नेपाली काँग्रेस तनहुका कोषाध्यक्ष रेशम गुरुङ कोराना महामारीको विषम परिस्थितिमा तनहुका नागरिकहरुको सेवामा सक्रिय रहेका छन् ।
कोषाध्यक्ष गुरुङले हिजो ११ बजे आर्थिक अबस्था अत्यन्तै कमजोर रहेकि बन्दिपुरकि दलित महिलाको उपचारका लागि चितवन पठाउने व्यवस्था मिलाएर उनका जीवन रक्षाका लाथि सहयोग गरे ।

बन्दिपुर(२ कुकुर्दीकि कुमारी परियारको डेलिभरी केस बन्दिपुर हस्पिटलबाट रिफर गरि राति ११ बजे डाक्टरले अवस्था जटिल भएकोले अन्यत्रै लैजान रीफर गर्दिए, आर्थिक अबस्था नाजुक भएका कारण अन्यत्र लैजान नसक्ने अबस्थामा परियारको परिवार थियो । दिनभर बन्दिपुर बजारतिर पैसाको जोहा गर्न कुमारि परियारका परिवार भौतारिय, कहि कतै केहि शिप नलागे परियार परिवार घर फर्किएका थिए । उनिहरुको कमजोर अवस्था सुनेर सवाभावका हेतुले नेपाली काँग्रेस बन्दिपुर(२ का पार्टी सचिब ध्रुव खत्रीले फोन गरेर गाडी घरमै पठाइ दिएरको र खत्री कै प्रयासमा नेपाली काङ्रेस तनहुँका कोषध्याक्ष रेशम गुरुङ्को सहयोगमा बिरामी लाइ बेलुकि ५ बजेतिर मात्रै चितवन पठाइएका कारण गर्भवती महिला कुमारि परियारको ज्यान बचाउन सकिएको उनका ससुरा कृष्ण बहादुर परियारले बताए ।

यसअघि पनि कोषाध्यक्ष रेशम गुरुङले आर्थिक अवस्था कमजोर भएका बन्दिपुरका कोराना बिरामिको खर्च जुटाएर राहात स्वरुप सहयमेग पुर्याइरहेका थिए ।