अर्घाखाँचीमा जीप दुर्घटना : चालकको मृत्यु

531

प्रेमनारायण आचार्य/अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप भुमिकास्थान ९ तारिकेमा दुर्घटना भएको हो।

दुर्घटनामा भुमिकास्थान -९ का गाडी चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको घटनास्थलबाट स्थानीय माधव घिमिरेले जानकारी दिए। गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ५० मिटर तल खसेको छ।