पाणिनी, शितगंगा र सन्धिखर्कका स्थानिय सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

103

घनश्याम पौडेल
अर्घाखाँची, २७ जेठ । अर्घाखाँची जिल्लाका स्थानिय सरकारलाई युएसआईडीको आर्थिक सहयोगमा लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको सहजीकरणमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । कोरोना भाईरस रोकथामका लागी पाणिनी गाउँपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, भुमिकास्थान नगरपालिका र सन्धिखर्क नगरपालिकामा हस्तान्तरण गरिएको लुम्बिनी सामाजिक विकास केन्द्रका सल्लाहकार इन्द्रमणि पौडेलले बताए ।

जिल्लाका ६ स्थानिय तहमा सर्जिकल ६१ हजार २ सय माक्स, सेनिटाईजर ८९२ बोतल, पिपिई सेट ४५ वटा, विउपल ६४४ जना कृषकलाई वितरण गर्ने गरी स्थानिय सरकारलाई हस्तान्तरण गरिएको छ ।

पाणिनि गाउँपालिकामा सर्जिकल मास्क ७५०० पिस, सेनिटाइजर १४५ बोतल, पिपिइ सेट ८ थान र बिउपल २१७ पोका गाउँपालिका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम र स्वास्थ संयोजक शेषकान्त घिमिरेलाई हस्तान्तरण गरिएको छ ।

May be an image of one or more people and people standing
शितगङ्गा नगरपालिकामा सर्जिकल मास्क ८६०० पिस, सेनिटाइजर १५४ बोतल र पिपिइ सेट ७ पिस नगर प्रमुख सुर्यप्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत प्रेम केसी र स्वास्थ्य संयोजक कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरिएको हो ।

May be an image of one or more people, people standing, people sitting, indoor and text that says 'mr P REDMI NOTE QUAD CAMERA'

सन्धिखर्क नगरपालिकामा सर्जिकल मास्क ८३०० पिस, सेनिटाइजर १६१ बोतल र पिपिइ सेट ५ पिस नगर प्रमुख कमलप्रसाद भुसाल, नगर उपप्रमुख ठाकुरकुमार बिक, प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य संयोजकलाई हस्तान्तरण गरिएको छ ।

भुमिकास्थान नगरपालिकामा सर्जिकल मास्क ८०५० पिस, सेनिटाइजर १५६ बोतल र पिपिइ सेट ५ पिस हस्तान्तरण शुक्रबार हस्तान्तरण गरिदैँछ । मालारानी गाउँपालिकामा सर्जिकल मास्क ६९५० पिस, सेनिटाइजर १३५ बोतल र पिपिइ सेट ५ पिस हस्तान्तरण शुक्रबार हस्तान्तरण गरिदैँछ ।

छत्रदेव गाउँपालिकामा सर्जिकल मास्क ६९२० पिस, सेनिटाइजर १३७ बोतल र पिपिइ सेट ५ पिस हस्तान्तरण शुक्रबार हस्तान्तरण गरिने सुआहारा कार्यक्रमका जिल्ला संयोजक ज्ञानदिप आचार्यले बताए । बिहिबार वितरण गरिएको कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड संयोजक हरिप्रसाद पौडेल र प्रसासन तथा लेखा अधिकृत दिबराज शर्माको उपस्थिती रहेको थियो ।