गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, विपक्षी गठबन्धनलाई सहयोग गर्ने

270

काठमाडौं । गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ लाई हटाएका छन् । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाए ।

गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराए ।  हिजो विश्वासको मत लिँदा मन्त्री मनाङे प्रदेश सभा बैठकमा अनुपस्थित थिए ।

यस्तै मन्त्री पदबाट बर्खास्त भएपछि मनाङेले पनि राजीनामा पत्र सार्वजनिक गरेका छन् । राजीनामा पत्रमा मनाङेले प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको बताएका छन् ।

मनाङ ‘ख’ बाट निर्वाचित दीपक मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनेका थिए ।