रोट्रर्‍याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीको अध्यक्षमा पाण्डे

545

रुपन्देही ।  रोट्रर्याक्ट क्लव अफ सेन्ट्रल रुपन्देहीले गोविन्द पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार जुम मिटीङ्ग बाट भएको भेलाले रोटा वर्ष २०२१/२०२२ को कार्यकालको लागि अध्यक्षमा गोविन्द पाण्डेलाई निर्विरोध चयन गरिएको हो । समितिको निर्वाचित अध्यक्षको लागि विनोद कुमार जयसवाल प्रथम उपाध्यक्ष मा वसन्त कुमार रोकाया द्वितीय उपाध्यक्ष मा सन्तोष खरेल, सचिवमा अनन्त पन्थी, सहसचिवमा मिरा चापागाईं कोषाध्यक्ष मा शिखर ज्ञवाली र सहकोषाध्यक्ष मा दिवस खनाल निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै हेड अफ डाइरेक्टरमा विजय गौतम, डाइरेक्टरहरुमा श्रद्धा पराजुली, निशा पाण्डे, युकेश ज्ञवाली र सुस्मा बश्याल रहेका छन् । साथै स्पेशल एरिया प्रोजेक्ट अफिरमा नविन अर्याल हेल्थ प्रोग्राम चेयरमा रविन सुनार, स्पोर्टस प्रोग्राम चेयरमा काशिराम डुम्रे आइ.टी अफिसरमा सन्दिप घिमिरे, पब्लिक रिलेशन अफिसरमा कृष्ण भट्टराई, इडिटरमा रोशना खनाल सह इडिटरमा सितु वि.के, इन्ट्रयाक्ट कोर्डिनेटरमा प्रियंका खत्री, सर्जेन्ट एट आर्मसमा ममता बश्याल र चिरञ्जीवी नेपाल चयन भएका छन् । साथै यस क्लवका सल्लाहकारहरुमा लक्ष्मण खरेल, राजेन्द्र कार्की, एजाज आलाम र सुरज खरेल रहनुभएको छ ।

कार्यक्रममा नयाँ कार्यसमितिको घोषणा क्लवका संस्थापक अध्यक्ष लक्ष्मण खरेल र निवर्तमान अध्यक्ष किसन कंडेल गर्नुभएको थियो । रोट्रेयाक्ट क्लव अफ सेन्ट्रल रुपन्देही लामो समयदेखि बुटवल आसपासका क्षेत्रमा विभिन्न किसिका सामाजिक कार्यहरु गर्दै आएको र आगामि दिनमा पनि समाजमा जनचेतना प्रदान गर्न लागि पर्ने यसै क्लवका हालका सचिव सन्तोष खरेलले जानकारी गराउनु भयो ।