नसलिय राष्ट्रवाद र राजनीतिक पाखण्ड !

1836

सुरेशमणि त्रिपाठी
देशका प्रधानमन्त्री केपी शर्मा ओली ज्यू ले बारम्बार प्रधानमन्त्री कार्यालय सरकारी निवासमा भारतीय मिडिया Zee news र BBC india लाई आमन्त्रित गरी शिर देखि पाउसम्म राष्ट्रवादी जस्तो देखिने गरि भारतीय भाषामा बडा शुद्धता र सिष्टताका साथ आफ्नो विचार विश्वसामु प्रस्तुत गरिरहँदा हिन्दी भाषालाई राष्ट्रियतासँग जोडेर राजनीति गर्ने र आफूलाई ठूलो राष्ट्रबादी कहलाउने हरु कहाँ गए? देशको प्रधानमन्त्रीले बोलेको हिन्दी भाषा पूर्वी तराईबाट जनताको प्रतिनिधित्व गर्न नेताले संसद भवनमा होस् या कुनै सार्वजनिक ठाउँमा बोल्दा राष्ट्र नै भारतमा बिलय हुने भयो भनेर हल्ला पिट्ने यो देशको विखण्डन गर्ने ति राष्ट्रिय मिडियाहरू र अभियन्ताहरु कहाँ गए।

मैले माथि का यि सबै कुराहरु किन उठाएको हो भने, जब जब यो देशमा भाषा र नागरिकता को कुरा उठ्छ, मुलुक का जनता दुई धुर्व मा विभाजित देखिन्छन् र देशमा सिक्किमीकरण र फिजीकरण जस्ता रेडिमेड शब्दहरूको उच्चारण जोर सोरले गर्न लगाइन्छ।

फिजीकरण नेपाली राजनीति मा Elite हरू ले प्रयोग गर्ने Majoritarian Construct हो जुन अल्प सङ्ख्यक समुदायलाई नागरिकताबाट बञ्चित गर्न र अपमान गर्न प्रयोग हुन्छ। फिजीको जनसंख्या परिवर्तन ब्रिटिसको उपनिवेशवादको विरासत हो(पढ्नुहोस् Sea of Poppies by Amitav Ghosh) न की आमाले आफ्नो सन्तानलाई नागरिकता दिएर आएको परिवर्तन हो जुन नेपाली राष्ट्रवादीहरूले दावी गर्छन्।

सिक्किमीकरणको कुरा होस् या लिपुलेख लिम्पियाधुराको कुरा नै किन होस् उत्तरपश्चिममा नेपाली सिमा जति मिचिएको छ एक्लै भारतको बलमा मिचिएको होइन। याद गरौं 2015, लिपुलेक लिम्पियाधुरा हुँदै नेपाल लाई थाहै नदिई व्यापारिक नाका खोल्दा चीनको पनि हस्ताक्षर थियो। सिक्किमीकरणको डर देखाएर राजनीति गर्ने र तिनका अनुयाईहरूलाई यो बुझ्न जरुरी छ की 1949 मा चीनले तिब्बत कब्जा गरेपछि नेपाललाई तिब्बतको भाग भन्दै आएको छ (पढ्नुहोस् Chinese Strategy In Nepal) तर अहिलेको विश्व राजनीतिमा सिक्किमीकरणको सम्भावना छैन।

तसर्थ नेपाली राजनीति कर्मीहरुले भयको राजनीति गर्न बन्द गर्नुपर्छ र जनताले पनि यस्ता कुतर्क को पछि नलागी देशभित्र समताको लागि सरकार र राजनीतिक दलहरूमाथि दवाव बनाइराख्नुपर्छ।

भाषा र जन्मलाई राष्ट्रियतासँग जोडेर राजनीति गर्नेहरु कपटी (Hypocrite)हरु हुन् किनभने भाषा भनेको दुई वा दुईभन्दा बढी मानिसहरूको अभिव्यक्ति लाई बुझ्ने र बुझाउने माध्यम हो। जस्तो कि जसरी हामी खोला नदी तर्न डुङ्गा अथवा पुल प्रयोग गर्छौं र देशभित्र वा देश भन्दा बाहिर जान मोटर अथवा हवाईजहाजको प्रयोग गर्छौं र आफ्नो गन्तब्यमा पुग्छौं, भाषा पनि त्यही हो। यदि त्यसो होइन भने के सांकेतिक भाषा प्रयोग गर्ने व्यक्ति राष्ट्रबादी हुँदैनन्?

जहाँसम्म जन्मको कुरा छ त्यो नितान्त व्यक्तिगत, समय, काल, परिस्थितिमा निर्भर हुने कुरा हो जस्तै:
● शेर बहादुर देउवा को जन्म- गठवाल (भारतमा)
●के पी शर्मा ओली- आसाम (भारत)
●गगन थापा- सिक्किम (भारत)
●माधव नेपाल- समस्तीपुर, बिहार, भारत
●झलनाथ खनाल- दार्जीलिङ (भारत)
●चित्र बहादुर केसी- भुटान
●रामशरण महत- कास्मिर
●कमल थापा- कास्मिर

मैले माथि उल्लेखित तालिकामा तराई बाट प्रतिनिधित्व गर्ने नेताहरूको नाम उल्लेख गरेन किनभने तराई अर्थात मधेस भन्ने बित्तिकै त्यहाँका नागरिकलाई भारतसँग जोडेर हेर्ने schooling मा हामी सबै हुर्केका छौँ।

जन्मलाई राजनीतिभन्दा माथि उठेर Healthy Mind ले हेर्ने हो भने अमेरिकाका पूर्व राष्ट्रपति बराक हुसैन ओबामा का पिता Barack Obama Sr. जो एक कुसल अर्थशास्त्री केनीयन नागरिक थिए र आमा Stanley Ann Dunham अमेरिकन anthropologist थिइन्। यिनीहरूको भेट 1960 University Of Hawaii मा पढ्ने क्रममा भएको थियो। यिनीहरुबाट 4 august 1961 मा अमेरिकाको Honolulu, Hawaii मा बराक ओबामा को जन्म भयो। केनीयन बुवा र अमेरिकन आमाको कोखबाट जन्मेका ओबामा जो विश्व कै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति भई अमेरिकालाई सफलताको सर्वोच्च शिखरमा पुर्याउन ठूलो योगदान गरे जसको चर्चा आजसम्म पनि भइरहेको हुन्छ।

यहाँ(नेपाल)का संकृण सोच भएका र आफूलाई बौद्धिक वर्ग भनाउदाहरू उहाँको नाम गर्वले लिने गर्छन् र अमेरिका र युरोपको उदाहरण दिई आफ्नो कमजोर बौद्धिकतालाई जनता माझ भ्रम फैलाउन प्रयोग गर्छन्।

विश्वको जुनसुकै स्थानमा मानिसको जन्म भएपनि नागरिक भएर बसेको देशप्रति प्रगाढ माया, सद्भाव र आफ्नो देशप्रति केहि राम्रो गर्ने दृढ संकल्प प्रत्येक नागरिकहरूमा हुनु पर्दछ ।