काठमाडौँ ।
नेपाली काँग्रेसको विधान , २०१७ (संशोधन सहित) को ३६ (१) (इ) अनुसार नेपाली काँग्रेस केन्द्रीय निती , अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा श्री प्रमोदहरि गुरागाई संयोजक रहनु भएको कृषि तथा भूमि व्यवस्था विषयगत समितिको विज्ञका रुपमा अर्घाखाँची जिल्ला पाणिनी गाउँपालीका ०५ मैदान घर भइ हाल काठमाडौँ किर्तीपुर बस्ने श्री कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ ।

प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धीत विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त गरिएको केन्द्रीय संयाजक प्रमोदहरि गुरागाईले बताउनुभयो ।

घरजग्गा सम्बन्धी राम्रो अनुभव हासिल गर्नुभएका अधिकारी लामो समय देखि विभिन्न व्यवसायिक क्षेत्रहरुमा समेत संलग्न रही कार्य गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ ।

अधिकारीको नियुक्तिले पार्टीको नीतिनिर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

अधिकारी एक सरल, भद्र र मिलनसार स्वभावका व्यक्ति हुनुहुन्छ ।

युवा उद्यमीको रुपमा समेत पहिचान बनाउनुभएका अधिकारी मूलतः घरजग्गा, सहकारी, शिक्षा क्षेत्र, समाजसेवा लगायत विभिन्न क्षेत्रमा संलग्न हुनुहुन्छ ।

विभिन्न क्षेत्रका अनुभवी हुनुको अलावा सरल स्वभाव, सहयोगी भावना र जिम्मेवारी लिएको काम सहजै पूरा गर्न सक्ने साथै दूरदर्शी सोचका व्यक्तित्व अधिकारीको नियुक्तिले सिङ्गो पार्टीलाइ ठुलो सहयोग पुग्ने ने‍पाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य राजन चापागाईंले हिन्दुखबर डटकमलाइ बताउनुभयो ।