कोसेली ।

301

भेषराज पौडेल

सुन्दैै छु मैले तिमीले त कुर्सी बचायौ रे

अफशोच, मैले आफ्नो साथी बचाउन सकिन

तिमीलाई बधाई तथा शुभकामना दिने घुईचो छ रे

म त आर्यघाटमा मलामी जान सम्म सकिन ।।

तिम्रा निवास अगाडी चिल्ला एसीवाला गाडीको लस्कर छ रे

मैले आफ्नो बिरामी बोक्ने यातायातको साधन पाइन

साथीहरु बसेर मीठा मीठा परिकार खाँदा

मैले पेटभरि अन्न पाईन ।।

तिमी बिलासी जिवनमा रमाउँदै गर्दा

मैले मेरा बिरामीहरुलाई सास फेराउन अक्सिजन पाइन

तिमीले चिटीक्क परेका कोट पाइण्ट सिलाउँदा

म आफ्नो साथीको लास ढाक्ने कात्रो पाइन ।।

रचनाकार ः भेषराज पौडेल

छत्रदेव गा.पा ०६ ठुलापोखरा अर्घाखाँची

हाल बुटवल