हलिम खाँनको नेतृत्वमा अर्घाखाँचीमा परोपकार युवा समाज नेपालको शाखा बिस्तार

504

अनन्त प्रसाद घिमिरे अर्घाखाँची

“समाज सेवा हाम्रो सरोकार उठाैं,जुटाैं,गराैं परोपकार‍‍” भन्ने मुल नाराका साथ अर्घाखाँचीमा परोपकार युवा समाज नेपाल नामक संस्था गठन भएको छ। देशव्यापी परोपकारको महान उद्देश्य लिएर जिल्ला शाखा गठन हुने क्रममा अर्घाखाँचीमा पनि यो संस्था गठन भएको हो।

अर्घाखाँची जिल्लामा हलिम खाँनको नेतृत्वमा गठन भएको उक्त सस्थाको उपाध्यक्षमा विमला जी.सी. ,सचिब सरु सुनार ,कोषाध्यक्ष केशब ज्ञवाली रहेका छन् भने सदस्यहरुमा विक्रम नेपाली, विजय नेपाली, प्रेमजंग वि.क., डिलाराम खनाल, असिम नेपाली, कविता थापा, कविता बन्जाडे ,सुदिप नेपाली, गणेश हिताङ्ग, सपना नेपाली रहेका छन् ।