बजेटले शिक्षकहरुलाई विभेद गरेको भन्दै काङ्ग्रेस शिक्षा विभागले जनायो असन्तुष्टि

208

अनन्तप्रसाद घिमिरे,

अर्घाखाँची नेपाली कांग्रेसले शिक्षा विभागले आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती कर्मचारी र शिक्षकका वीचको सुविधामा भेदभाव गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसको शिक्षा विभागले निजामति, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा राज्यले शिक्षक तथा प्राध्यापकको सेवा सुविधामा विभेद गरेकाले त्यसलाई तत्कालै सच्याउन माग समेत गरेको छ।

बजेटले निजामती कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित पर्यटन काज दिने, १० लाख रुपैयाँको दुर्घटना बीमा गर्ने, एक लाख रुपैयाँको स्वास्थ्य बीमाको प्रिमियम सरकारले ब्यहोर्ने, निजामती कर्मचारीका लागि छुट्टै विद्यालय सन्चालन गर्नेजस्ता व्यवस्था गरिएको तर यस्तो प्रकारको सुविधाबाट शिक्षक तथा प्राध्यापकलाई छुट्टाइएको भन्दै यस्तो विभेदकारी व्यवस्था नगर्न आग्रह गरेको छ ।