यी काँग्रेस नेता जसले आफ्नो जन्मदिनमा अक्सिजन र स्वास्थ्य सामग्री सहयोग गरे

288

बागलुङ । नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री एवम् नेपाली काँग्रेस बाग्लुङेगका महाधिवेशन प्रतिनिधी हरिहर शर्माले अाफ्नाे जन्म दिनकाे शुभ अवसरमा जैमिनि नगरपालिका -७ जैदिकाे जैदी स्वास्थ्यचौकीमा अक्सिजन सिलिन्डर,पल्स अक्सिमीटर सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन। साथै बेलबगर आयुर्वेदिक अाैषधालय ,छिस्ती प्रहरी चौकी र बाओ शहरी स्वास्थ्य किल्निकलाइ समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन।

स्वास्थ्य इन्चार्ज झलक अाचार्यले काेराेना महामारीसग जुध्न सामग्रीहरु मात्रै हाेइन हर किसिमले शर्माले सहयोग पुराउदै अाएकाे बताए । महामारीको कठिन परिस्थितिमा शर्मा दिन रात नभनि खटिएको र धन्यवादकाे पात्र रहेकाे वडा अध्यक्ष जितवहादुर रानाले बताए ।

केही दिन अघि अामाकाे जन्म दिनमा समेत माक्स र सावुन सहित संक्रमितको घर घरमा पुगेका शर्माले अाफ्नाे विगतका जन्म दिनहरुमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालयलाई कम्पुटर , साथै स्वास्थ्य सामग्री वितरण गर्ने गरेका थिए । उनले जन्म दिनलाई केहि न केही सेवा भाव सग जाेडदै अाएका छन ।

जैमिनि नगरपालिकाका प्रमुख, काग्रेस क्षेेत्रिय सचिव उपस्थिति रहेकाे स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमकाे सञ्चालन नेपाली काग्रेस नगर समितिका किरण चालिसेले
गरेका थिए ।