धनगढी उपमहानगरपालिकालाई हरिप्रीया प्रकाश फाउन्डेसनले अस्पताललाई १००सिलेण्डर र पार्किङ जग्गा दिने

393

धनगढी ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडको नागरिकको जीवन बचाउने कोरोना अस्पताल अभियानसंग युवानेता क्षितिज भण्डारीले हरिप्रीया प्रकाश फाउन्डेसन मार्फत तत्कालै अक्सिजन सहयोगमा सहकार्य गरेको देवराज ओझाले बताएका छन् ।
सुदुरपश्चिम प्रदेश मै सबभन्दा बढी सक्रिय धनगढी उपमहानगरपालिका डा. आरजु राणा देउवाको पहलकदमीमा चौधरी ग्रुपसँगको सहकार्यमा आफ्नो अक्सिजन प्लान्ट र चाईल्ड केयर अस्पताल निर्माणकार्य नभएसम्म आवश्यक अक्सिजनलाई पहिलो चरणमा कम्तीमा १०० सिलेन्डर निशुल्क भरेर मात्र दिने सहमतीमा मेयर वड ले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका युवानेता भण्डारीले सबैले उपनगरपालिकालाई सहयोग गरेर तेस्रो लहर अगाडि नै बालबालिकाको भ्यान्टिलेटर, आईसियु मा बालबिषेशज्ञ डाक्टर सहित को ब्यवस्थापन गर्नुपर्ने बताए । भण्डारीसंग यस्तै ड्राई क्वारेन्टाइन बनाउन, अस्पताल वरपर पार्किङ्ग स्थल, तेस्रो लहरमा ईमर्जेन्सी आएमा बिरामीको अस्थायी शिविर कोरोना अवधीसम्म निशुल्क जग्गा दिने सहमति भएको छ ।                      यस अघि भण्डारीले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री मा.त्रीलोचन भट्ट,प्रमुख प्रतिपक्षी दलका नेता डा.रणबहादुर रावल, नेका सभापती नारायण शाह, प्रदेश प्रमुख डिआईजी उत्तम सुबेदीको उपस्थितिमा ५०० अक्सिजन सिलेन्डर भरेर दिईन बोर्ड सहित अक्सिजन ट्रक नै सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको नेता नृपबहादुर सुनारले बताए ।