घनश्याम पाैडेल
अर्घाखाँची, ३ असार । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा रहेकाे फेदिखाेला र पहेराचाैरकाे खाेलामा पक्कि पुल बन्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत पक्की पुल बन्नका लागि बजेट विनियोजन भएकाे र पुलकाे डिपिआर तत्काल तयार गरेर काम अगाडि बढ्ने प्रदेशसभा सदस्य रामजिप्रसाद घिमिरेले बताउँनुभयाे । पहेराचाैरकाे पुल निर्माणका लागि भने संघिय सरकारबाट बजेट विनियोजन भएकाे हाे ।
त्यस्तै भञ्ज्याङ-धातिवाङ्ग-डाडाँकटेरी सड्कमा २५ लाख रूपैयाँ विनियोजन भएतापनि करिब १ कराेड रूपैयाँ थप गरेर पुर्याउँने घिमिरेले जानकारी दिनुभयो । त्यस्तै ठुलापाेख्रा सभाहलका लागि १० लाख विनियोजन भएकाे छ। धातिवाङ्ग साविक ५,६ र ८ वडाका लागि सिचाईका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन भएकाे छ । स्वास्थ चाैकि निर्माणका लागि ५० लाख विनियोजन भएकाे छ ।
धातिवाङ्ग साविक ५, ६, ७, ८ र ९ वडाकाे खानेपानीका लागि पनि लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन भएकाे प्रदेश सभा सदस्य घिमिरेले हिन्दुखबर डटकमलाई बताउँनुभयाे ।