भेषराज पौडेल । २०५२ साल फागुन १ गते सामन्ती राजतन्त्रका विरुद्ध सशस्त्र सङ्ेघर्ष अर्थात् माओवादाी जनयुद्धको सर्वोच्च कमाण्डर तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साँच्चिकै प्रचण्ड नै भए त आफ्ना सम्पूर्ण परिवारका सदस्य जनयुद्धमा होमे ढाडमा टेकेर टाउकोमा हिर्काउने अभियान सन्चालन गरि माओवादी जनयुद्धलाई एउटा उचाईमा पुर्याए । वास्तवमा त्यो तथ्यगत कुरालाई विना पुर्वाग्रह स्विकार्नुपर्छ । समग्रमा युद्ध महामारी नापेतौले जस्तो न्यायसङ्गत हुँदैन । उक्त जनयुद्धमा कतिपय ज्यादति राज्यपक्षबाट पनि भए कतिपय तत्कालीन विद्रोही पक्षबाट पनि भए । युद्ध भनेको मेरो बुझाईमा समुन्द्र हो । समुन्द्रमा किरा तथा किटपतङ ्गहरु यस्तै प्रकारका धेरै जीवहरु हुन्छन् नै आखिरी प्रचण्डको टोउकोको मूल्य पनि तत्कालीन राज्यपक्षले तोकेको थियो । अनेक सकारात्मक नकारात्मक दुबै कोणबाट जनयुद्धले एउटा गति लिएको थियो । युद्धको विश्लेषण गर्दा तथ्यमा टेकेर सत्य केलाउनुपर्दछ । युद्धको मापन पनि फराकिलो किसीमले गर्नुपर्दछ ।
हुन सक्दछ माओवादी पार्टीका तत्कालीन वरिष्ठ नेता डा बाबुराम भट्टराईले तत्कालीन राज्यसँग ४० सूत्रिय माग राखेका थिए । बिडम्बना नै भन्नुपर्दछ ती मागलाई राज्यले सुन्न त परको कुरा एउटा गुलेली चलाउन नजान्नेले जनयुद्धको धम्की भन्दै देश सशस्त्र द्वन्द्वको चपेटामा पर्यो । यस बिचमा अनेक सकारात्मक नकारात्मक ै घटनाक्रम भए । यो एउटा समिक्षाको पाटो होला । वास्तवमा उक्त जनयुद्धलाई नकारात्मक कोणबाट मात्रै हेर्ने मित्रजनहरुलाई एउटा विषयवस्तु उठान गर्दछु हिजो २००७ सालको राणाविरोधि आन्दोलन र क्रान्ति अर्थात् प्रजातन्त्रको स्थापनाका लागि नेपाली काँग्रेसले मुक्ति सेना बनाएको थियो र प्रजातन्त्र स्थापना भएको थियो । उक्त प्रजातन्त्र स्थापनाका लागि पनि कैयौ नेपाली आमाका सन्तानले रगत र पसिना बगाएका थिए । जसको परिणाम स्वरुप नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । त्यस्तै नेकपा एमालेले २०२८ सालमा झापा विद्रोह गरेको थियो । कैयौ नेपालीहरुको उक्त घटनामा ज्यान गएको थियो । यी तथ्यहरुलाई पनि केलाएर विश्लेषण गर्नुपर्दछ । नेपालमा जब दशबर्षे जनयुद्ध २०६३ सालमा गएर सम्झौतामा परिणत भयो । दुई पटक संविधान सभाको निर्वाचन भयो । दोश्रो संविधान सभाको निर्वाचनबाट संविधान निर्माण भयो । पहिलो गणतान्त्रीक सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरे । यस्तै २ पटक सम्म प्रधानमन्त्री बने । यस्तै तत्कालीन माओवादी केन्द्रका वरिष्ठ नेता डा बाबराम भट्टराई १ पटक प्रधानमन्त्री बने ।
तर बिडम्बनानै भन्नुपर्दछ तत्कालीन जनयुद्धमा होमिएका घाइते अपाङ्ग बहिर्गमित जनमुक्ति सेनाका लडाकुहरुलाई कुनैपनि किसीमको दीर्घकालीन राहतको कार्यक्रम नल्याउनु घाइतेहरुको अवस्था जिविकोपार्जन गर्ने व्यवस्था गर्न नसक्नु पार्टी संगठन र प्रचण्ड कमजोर बन्नुको मुल कारण हो । त्यसकारण माओवादी आज चिरा चिरा परेको छ । मोहन वैद्य किरण , गोपाल किराती, नेत्रविक्रम चन्द विप्लव कता छन् यसको आन्तरिक रुपमा समिक्षा गर्नुपर्दछ । अब पनि माओवादी आन्तरिक रुपमा रुपान्तरण नभए यो आन्दोलन यो इतिहास र स्वयं प्रचण्ड इतिहासको पानामा कैद हुनेछन् त्यसैले प्रचण्ड बैलैमा सचेत हुन जरुरी छ ।
लेखक ः भेषराज पौडेल
छत्रदेव ०६ ठुलापोखरा निवासी हाल बुटवलमा छन् ,
उनी पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर हुन् ।