शितगंगा नगरप्रमुख अधिकारीद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख सहयोग

680

शितगंगा , असार ०६ ।  भौगोलिक दृष्टिकोणले नेपालकै सबैभन्दा ठुलो नगरपालीका शितगंगा नगरपालिका अर्घाखाँचीका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले आफ्नो जन्मदिनका अवसरमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । उहाँले भरतपुर रंगशालामा पुगि फाउण्डेशनका कुन्जना घिमीरेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।

उहाँले आजै विपी कोइराला क्यान्सर हस्पिटल भरतपुरमा पुगि अर्घाखाँची शितगंगा नगरपालीका ०३ का क्यान्सर बिरामी हरिप्रसाद अधिकारीलाई आफनो पारिश्रमिकबाट रु १०,००० र शितगंगा ०६ का क्यान्सर बिरामी नुमकला पौडेललाई आफनो पारिश्रमिकबाट रु १०,००० हस्तान्तरण गर्नुभएको छ ।