सिम्लेका सुन्तला किसान लाई गाउँपालिका द्वारा औंसिया किरा नियन्त्रणको लागि बिसादी वितरण

320

माधव पौडेल अर्घाखाँची – जिल्लाको सुन्तला पकेट क्षेत्र भनेर चिनिने पाणिनी गाउँपालिका को सिम्लेमा सुन्तला मौसम अमिलोमा लाग्ने औसिया किराको नियन्त्रणको लागि गाउँपालिकाले वितरण गरेको विषादी आज प्रत्येक किर्षकको बारी लाई पुग्ने गरी वितरण गरिएको छ ।

वितरण कार्यक्रममा कृषक रेवती राज पौडेलले विषादी प्रयोग गर्ने तरिका आफैले गरेर देखाउनु भएको थियो ।विगतका वर्ष हरुमा मौसम अमिलो लगायतमा औसीया किरा भेटिए सँगै सुन्तलामा पनि देखिन सक्ने भन्दै गाउँपालिकाले औसिय नियन्त्रण कार्यक्रम ल्याएको हो । सिम्ले एउटा गाउँमा मात्रै दुई करोड भन्दा माथि को सुन्तला निर्यात हुने गरेको छ ।यस गाउँका प्रत्येक किसान को मुख्य आम्दानी को स्रोत भनेकै सुन्तला रहेको छ । यही विषादी वितरण गर्ने कार्यक्रम मा साविकको पणेना १ को आर्थिक बर्ष ७८/७९ को योजना तर्जुमा पनि गरिएको छ ।

पणेनाका वडा सदस्य मिन बहादुर रेश्मीको उपस्थितिमा योजना संकलन गरिएको हो ।योजना संकलनमा भल व्यवस्थापन ,खानेपानी लाई मुख्य प्राथमिकतामा राखिएको छ । विगतमा योजना तर्जुमा भनेर आएको अनि आफूहरुले दिएका समस्या समाधान नभएको स्थानीयले गुनासो गर्दै अहिले पोहोरको जस्तो नहोस् भन्दै जनप्रतिनिधिलाई आग्रह गरेका छ्न ।