ग्राण्डीमा पिसिआर परिक्षण गराउनेको संख्यामा वृद्धि

336

काठमाडौँ, ८ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा पिसिआर परिक्षण गराउनेको संख्यामा वृद्धि भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि अस्पतालमा आएर पिसिआर परिक्षण गर्नेको संख्यामा वृद्धि भएको हो ।

अत्याधुनिक पिसिआर परिक्षण ल्याव स्थापना गरेर जेठ १२ गतेदेखि पिसिआर परिक्षण सुरु गरेको ग्राण्डीमा गत बिहिबारसम्म एक हजार ३२० व्यक्तिले पिसिआर परिक्षण गरिसकेका छन् । ग्राण्डी अस्पतालमा गरेको पिसिआर परिक्षणलाई विदेश भ्रमणमा जानका लागि सरकारले मान्यता दिएसँगै उक्त अस्पतालमा पिसिआर परिक्षण गर्न आउनेको संख्या बढेको हो । ग्राण्डीले सरकारले तोकेको शुल्कभन्दा कम शुल्कमा पिसिआर परिक्षण गरेसँगै पिसिआर गराउनेको संख्यामा वृद्धि भएको हो ।

ग्राण्डीले पिसिआर परिक्षणका लागि घरघरमा पुगेर स्वाव समेत संकलन गर्दै आएको छ । अस्पतालमा आएर पिसिआर परिक्षण गराउनेलाई रु एक हजार ५०० र घरमा पुगेर स्वाव संकलन गरेको ग्राण्डीले दुई हजार लिँदै आएको छ ।