सर्बाेच्चको आदेशले संविधान बलियो बनायो,संसद पुर्नस्थापित हुन्छ : डा.शेखर कोइराला

254

बुटवल,असार ८-

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले सर्बाेच्चले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । उनले लोकतन्त्र बचाउन,संविधानलाइ सहि बाटोमा ल्याउने काममा सर्बाेच्चको कदम सहि आएको बताए ।

अदालतको आदेशपछि नागरिक अनलाइनसंग कुरा गर्दै उनले भने -‘यसपटक पनि संसद पक्कैपनि पुर्नस्थापित हुन्छ,आधार भनेको संविधान हो ,न्यायाधीशको बिज्ञता र विश्वास हो,हामीलाइ न्यायालयमाथि पूर्ण भरोसा छ ।’ १४६ सांसदको हस्ताक्षर सहित सर्बाेच्चमा शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन आफुहरु पुगेको भन्दै उनले न्यायपालिकामाथि कांग्रेसले सधै विश्वास राख्ने बताए ।

उनले सरकारले जनता जोगाउनेतर्फ कुनैपनि काम गर्न नसकेको आरोप लगाए ।सरकार खोप किनेर ल्याउन तदारुकता देखाइराखेका छैन,परराष्ट्र मन्त्रीले वल्ड बैंकलाइ खोप किन्न आग्रह गर्ने कुरा हास्यास्पद रहेको उनको भनाइ छ । नेपालमा कोरोनाको संक्रमण दर २० प्रतिशत अझै छ,५ प्रतिशतमा घटेपछि र सबैले खोप लगाइसकेपछि मात्रै विश्वस्त हुनुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता रहेको उनले बताए । कांग्रेसको अधिबेशन कोरोनाको तेश्रो लहरको मुखैमा हुने डर रहेको समेत उनले बताए ।

यस्तै नेपाली काङ्ग्रेस अर्घाखाँची रूपन्देही सम्पर्क समितिको आयाेजनामा भएको काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन र चुनौती बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बाेल्दै डा.कोइरालाले अहिले नेपालमा कोरोना कहरसंगै राजनीतिक संकट गहिरिएकोे भन्दै कोइरालाले पहिलो संसद बिघटनपछि कांग्रेसले खास भूमिका खेल्न नसकेको स्वीकार गरे । उनले लोकतन्त्र बचाउन,संविधानलाइ सहि बाटोमा ल्याउन बिपक्षी दलहरु सबै एक ठांउमा उभिनुपर्ने बताए ।

सभापतिका दाबेदार समेत रहेका उनले १४ औं महाअधिबेशन यो बिषम अवस्थामा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले अब युवापुस्ताले कांग्रेसको नेतृत्व गर्ने बताए । ‘म महाधिबेशन भन्दिन,यसलाइ चुनाव भनौं ,कोरोनाका कारण फरक ढंगले अधिबेशन गर्नुपर्ने छ ।’उनले भने ।

साे कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, लेखा समितिका सभातपति भरत कुमार शाह ,रेवती प्रसाद भुसाल  काङ्ग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्री,काङ्ग्रेस अर्घाखाँची सभापति बिष्णु प्रसाद खनाल मुस्कान,कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डे,  , कमल भुसाल,श्यामनाथ काश्यप , डा.जय बहादुर टन्डन, बिस्णु पोख्रेल,दिनेशमणी घिमिरे लगायतले भदाैमा नयाँ एजेन्डासहित पार्टीको महाधिबेशन गर्नुपर्ने बताए । समितिका अध्यक्ष तुल्सी भुसालकाे अध्यक्षतामा भएकाे साे कार्यक्रमकाे संचालन नेपाली काङ्ग्रेस अर्घाखाँची रूपन्देही सम्पर्क समितिका सचिव युवा नेता बिनाेद घिमिरेले गरेका थिए ।