विश्व हिन्दु युवासंघद्वारा बेलायत सरकारलाई धन्यवाद

425

शिवलाल पौडेल , काठमाडौ
असार १० ।
विश्व हिन्दु युवासंघका केन्द्रिय अध्यक्ष ॠषिकेशजंग शाहले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल देवभूमि गोरक्षराष्ट्र भएको बताएका छन् ।

No description available.

उहाँले राष्ट्रदेव गोरक्षनाथको आशिर्वादबाट यो देश निर्माण भएको बताउँदै देवाधिदेव महादेव महादेवले गौरक्षा आयुर्वेद योग र तन्त्र साधनाको ज्ञान दिन गोरक्षनाथको रुपमा अवतार लिनुभएको बताउनुभयो । त्यही प्रतापले सृष्टिको आरम्भदेखि हालसम्म विश्वका अनगिन्ती लडाईहरुमा गोर्खालीहरुले वीरता प्रदर्शन गरेका छन् । आज पनि विश्वभरि गोर्खालीहरुले शान्ति सुरक्षाको दायित्व निर्वाह गरी रहेका छन् ।

यसै सिलसिलामा विश्व युद्धमा बहादुरीको सर्वोच्च तक्मा भिक्टोरिया क्रस प्राप्त गोर्खाली तुलबहादुर पुनलाई बेलायत सरकारले सम्मान गरेको छ । वीर गोर्खाली तुल बहादुर पुनको नाममा रेल सेवा सन्चालन गरेको छ । बेलायत सरकारको यो कदमबाट सम्पूर्ण नेपाली हर्षित भएको बताउँदै बेलायत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।