किरात धर्मगुरु डा शेर्माको उद्घोष ः हाम्रो धर्म हिन्दु हो

271

शिवलाल पौडेल, काठमाडौँ असार १० ।

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समिति बाँसबारीले आयोजना गरेको जनगणना २०७८ मा हिन्दुधर्ममाथिका चुनौति र सांस्कृतिक अतिक्रमण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै किरात ज्योतिष उत्थान संघका अध्यक्ष डा चन्द्रकुमार शेर्माले २०७८ मा हुने राष्ट्रिय जनगणनामा सबैले हिन्दूधर्म लेख्नुपर्ने बताए ।उनले वैदेशिक हस्तक्षेप र वर्तमान सरकारले जनगणनामा हिन्दुधर्मलाई कम संख्यामा देखाउन विभिन्न षड्यन्त्र अपनाएकोले सम्पूर्ण ॐ कार परिवार सचेत रहनुपर्ने बताए ।

उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न संघसंस्थाका धर्मगुरुहरुको उपस्थिति रहेको थियो । विश्व हिन्दु महासंघका सचिव अमर केशर सिंह, राष्ट्रिय समितिका कार्यकारी सभापति डा रामचन्द्र अधिकारी, वाचनप्रविण पण्डित दिनबन्धु पोख्रेल, श्याम केसि, मोहनसिंह खड्का, विष्णुबहादुर खड्का, खिलनाथ काफ्ले, लक्ष्मण पन्थि, सुभाष ढकाल, गिरिराज पाठक, उत्तम भण्डारी, नेत्रनाथ र्पौडेल लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले वैदेशिक हस्तक्ष्ोपले हिन्दुधर्मलाई अतिक्रमण गर्न खोजेको आरोप लगाउँदै आगामी जनगणनामा हिन्दुधर्मलाई अत्यधिक संख्या बनाउन सबै मिलेर जानुपर्ने बताएका छन् ।

कार्यक्रम अन्तराष्ट्रिय समितिका अध्यक्ष चक्रबन्धु अर्यालको अध्यक्षता , महासचिव अस्मिता भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।