हिन्दुखबर,पाणिनी असार १० ।
लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य सोच्ने, लोकतन्त्रमा नै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एवं व्यक्तित्व विकास गर्दै जननायक विपि कोइरालाबाट व्यक्त विचार, प्रतिपादित नीति र अवधारणालाई गाउँगाउमा पुर्याउने उद्देश्यका साथ गठन भएको विपि कोइराला युवा नेतृत्व विकास मञ्चले जिल्ला जिल्लामा कार्यसमिति विस्तार गरेको झन्डै एक वर्ष भएको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका विपि कोइराला युवा नेतृत्व विकास मञ्च कार्यसमिती विं संस् २०७७ भदौ २१ गते गठन भएको थियो र संसारभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै ससाना कार्यका साथ मासिक नियमित भर्चुअल बैठक बस्दै आएको छ । यस क्रममा कार्यसमिति भित्र देखिएको सक्रियता एवं उपस्थितिको हाजिरी क्रम अनुसार पुर्व कार्यसमितिका केही युवालाई शुभेच्छुकमा राखी,केहिलाई यथावत्, केहिलाई पद परिवर्तन र केहिलाई स्वागत तथा सम्मान सहित थप गरि कार्यसमिति पुनर्गठन गर्ने असार २ गतेको निर्णय बमोजिम कार्यसमिति परिवर्तन गरि तपाईंहरुलाई तपशिल बमोजिमको जिम्मेवारी सहित मनोनीत गरिएको छ ।
पुर्व कार्यसमितिका केहि युवा नंया कार्यसमितिमा समावेश नगरिएको कुरालाई आफू संस्थाको शुभेच्छुक एवं पुर्व कार्यसमिति रहेको महुशुस गरि सल्लाह,सुझाव अनि प्रतिक्रियाको अपेक्षा सहित नयाँ कार्यसमितिका युवालाई संस्थाको नियमअनुसार जिम्मेवारी बहन गर्नका लागि तपाईंहरुको सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई ज्ञापन गरेको अध्यक्ष नारायण घिमीरेले हिन्दुखबरलाई जानकारी दिए ।