रसुवा ।  रसुवाको सदरमुकाम धुन्चेस्थित ऐतिहासिक सभाहलका विषयमा जनप्रतिनिधि मोहन आचार्य विरुद्ध सुनियोजित राजनीतिकरण थालिएको छ । सामाजिक संञ्जालदेखि संचारमाध्यमसम्म सभाहलको विषयमा भ्रम छर्ने काम गरेको सांसद आचार्यले बताए । जिल्लामा आचार्यको नेतृत्वमा भएका कामलाई पनि आफ्नो पार्टीले गरेको भनि भ्रम छर्ने र आचार्यलाई बदनाम गराउने दुराषयबाट आएका टिकाटिप्पणीको भने नेपाली कांग्रेसले आपत्ति समेत जनाएको छ । २०७० सालको संविधानसभामा निर्वाचित नेतादेखि उनीहरुको पार्टीसँग आवद्ध भातृ संगठनका नेताहरुले समेत साईबर सेनासरह तुच्छ टिका टिप्पणी गरेको पाइएको हो । धुन्चे सभाहलको विषयलाई लिएर सामाजिक संजाल तथा केहि अनलाइन मिडियाहरुले आफुले समाज प्रति गरिरहेको सकारात्मक काम प्रति पनि टिका टिप्पणी गर्दै आफनो पार्टीको नेतृत्वमा रहेको सरकारले नै गरेको दाबी गर्ने तथा भ्रामक खवर समेत सामाजिक संजालमा दिएको प्रति आफुलाई दुख लागेको प्रतिनिधिसभा सदस्य मोहन आचार्यले बताए । २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित हुनुभन्दा अगाडि जनतासामु आफुले गरेका वचन सरकार मार्फत तथा व्यक्तिगत लगानी मै भएपनि क्रमागत रुपमा पुरा गर्दै गएको उनको भनाई छ । सांसद आचार्यले गरेका विकास निर्माणका काम कृषि सडक निर्माणका लागि निजि लगानीमा १ करोड बराबरको स्काभेटर र जेसिभी समेत प्रदान गरेका छन् । बृहत खानेपानी योजना, शैक्षिक क्षेत्रमा सुधार, सिचाई सडक निर्माण र कृषि क्षेत्रमा समेत उनले आफनो कार्यकालमा रचनात्मक काम गरेका छन् । यससँगै कोभिड १९ को संक्रमणको पहिलो चरणको समयमा काठमाण्डौ उपत्यकामा बस्ने रसुवाबासीहरुलाई आफनो घरसम्म पुर्याउन यातायातको व्यवस्था, कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिलाई लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान तथा सोहि समयमा लकडाउनका कारण मजदुरी गरेर खानेहरुको अवस्थालाई हेरि काठमाण्डौमा बस्ने ११ सय ३५ जना र रसुवाका ५ सय जनालाई राहात सामाग्री समेत व्यक्तिगत रुपमा उपलब्ध गराएका थिए । यसैगरि जिल्ला अग्रपंक्रिमा काम गर्ने करिब ६ सय जनालाई कोरोना बिमा समेत उनले व्यक्तिगत रुपमै गराएका थिए । लामो समयदेखि समाजिक सेवामा समेत समर्पित हुदै आएका आचार्यले कोभिड १९ को दोस्रो चरणमा समेत कोभिड नियन्त्रण तथा रोकथामका लागि जिल्लाका दुई अस्पताललाई करिब १६ लाख बराबरको उपकरण सहितको स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।

छिमेकी जिल्ला त्रिशुली अस्पताल नुवाकोटलाई समेत लाखौ रुपैया पर्ने दुई वटा भेन्टिलेटर उपलब्ध गराएका छन् । जहाँ रसुवाका दक्षिणी भेगका हजारौ मानिसहरु अस्पताल स्थापनादेखि अहिलेसम्म सोहि अस्पतालमा उपचार गराउन जाने पाइएपछि उहाँले जिल्लाका नागरिकको सहजताका लागि र कोभिड १९ संक्रमणबाट जोगानका लागि उपकरण उपलब्ध गराएको देखिन्छ । जनताको सेवामा निरन्तर खटिएका व्यक्तिलाई सभाहलका विषयमा राजनितिक प्रतिसोध साध्ने गरि आएका टिप्पणीको आलोचना भएको छ । सभाहलको डिपिआर सकियो धुन्चे सभाहल निर्माणका लागि डिपिआर गर्न नपुग्ने रकम भन्दै भ्रामक विषय फैलाएको बिषयमा आफनो ध्यानाकर्षण भएको भन्दै आचार्यले यस अघि नै डिपिआरको काम सकिएको जानकारी दिए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले यो समयसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्नेमा आफैले रोक्ने जाने र डिपिआर समेत नभएको भन्ने जस्ता कुराहरु आउदा रसुवाका नागरिकहरुलाई भ्रामक प्रचारको पछि नलाग्न उनले अनुरोध गरे । सरकारले निर्माणको अपनत्व लिइसकेकोले रातो किताबमा समाबेश भइसकेको निर्माणको काम बहुवर्षिय कार्यक्रम अन्तर्गत परेको हुँदा ५ लाख रुपैया यो वर्ष विनियोजन भएको उनले जानकारी दिए ।

नौकुण्ड बृहत खानेपानी आयोजना, यार्साबाट गोसाईकुण्डसम्म जाने सडकमार्ग पनि क्रमागत बहुँवर्षिय कार्यक्रम अन्तर्गत रहेकोले सरकारले यस्ता कामहरुको अपनत्व लिइसकेको छ । यससँगै जिल्लाका कतिपय सडकहरुमा निर्माण गर्नुपर्ने पुलको टेन्डर भइसकेको, कतिपय निर्माणको चरणमा रहेको र कतिपय पुलहरु निर्माणका लागि अध्ययनकै चरणमा रहेको आचार्यले बताए । धुन्चेको सभाहलका लागि वजेट बिनियोजन हुदा आफनै सरकार रहेको भन्दै पहँचको आधारमा संबिधान सभाका सदस्य जनादन ढकालले धुन्चेको सभाहल निर्माण हुनु पर्नेमा आफनै घर नजिक कालिकास्थानमा निर्माणका लागि बजेट लगेको गुनासो धुन्चेबासीले गरेका छन् । आचार्य रुसुवामा विकासप्रेमी नेता मानिन्छन् । नागरिकहरुको समस्यालाई सरकारी स्तरबाट होस या व्यक्तिगत रुपमा होस उनी समाधान गर्न तत्पर छन् । केन्द्रिय सरकार आफनो पार्टीले नेतृत्व नगर्दा समेत विकासका कामहरुलाई आफनो जिम्मेवारी लिई अघि बढेसँगै जिल्लामा राजनीतिक प्रतिसोध सुरु भएको हो ।