म हावा हुँ !

459

मिलन भण्डारी ( आदित्य )

आज म जन्मदा सारा प्रकृति शुद्ध हुन्छ

अन्धकार उराठ लाग्दो बादल हटाउदा म खुशी हुन्छु,

म प्राणिहरुको खुशी हुँ ,

हो म हावा हुँ ।।

मेरो कारण लाखौ जिवजन्तु र प्राणी

यो धरातलमा खुलेआम खुसीसाथ घुमिरहेका छन्

म एक जीवन हुँ ,

हो म हावा हुँ ।।

म गर्मीमा सितल बनी आउछु ,

अनि ती गन्तव्यमा लम्किएका पाइलालाई आनन्दित तुल्याउछु

म एक आनन्द हुँ ,

हो म हावा हुँ ।।

मानिस महामारीमा जीवन र मृत्युको संघर्षमा हुदा

दु:खमा म जीवन बनि आएको छु म एक मुख्य सहारा हुँ , हो म हावा हुँ ।।

सारा जगत ममा नै निर्भर छ ,

यो संसार ममा नै व्याप्त छ ,

संसार मैले नै चलाएको छु ,

म प्रेम हुँ , हो म हावा हुँ , म हावा हुँ ।।