कांग्रेस नेतृ भुसाल द्वारा अर्घाखाँचीमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

279

अर्घाखाँची   –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका सचेतक पुस्पा भुसालले अर्घाखाँची जिल्लाका लागि स्वास्थ्य सामाग्री र खाद्य सामाग्री प्रदान गरेकी छन ।

जिल्लाबासीलाई कोभिड माहामारीबाट बचाउनका लागि र बाढी पहिरोले घरबार विहीन भएकाहरुलाई राहात होस भनेर खाद्य सामाग्री प्रदान गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी अर्घाखाँची अस्पतालाललाई १० लिटरका २ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, मास्क, स्यानीटाइजर, तथा छत्रदेव गाउँपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन, २ हजार थान मास्क, १० लिटर स्यानीटाइजर र शितगंगा नगरपालिकालाई १ वटा अक्सिजन कन्सेन्ट्रेटरर मेसिन सहितका स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।

कांग्रेस नेतृ भुसालले मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकालाई २ – २ हजारका दरले मास्क र १० लिटरका दरले स्यानीटाइज र नेपाल पत्रकार महासंघलाई स्यानीटाइजर र मास्क प्रदान गरेको नेपाली कांग्रेसका प्रकाशन तथा प्रचार प्रसार विभागका संयोजक माधब पौडेलले बताउनु भयो ।त्यस्तै अविरल बर्षाका कारण बाढी र पहिरोका कारण घरबार विहीन भएकाहरुलाई राहात प्रदान गर्नका लागि ६ क्विन्टल चामल सहित दाल लगायतका खाद्य सामाग्री प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई हस्तान्तरण गर्नु भएको छ ।

जिल्लामा परेको समस्यामा थोरै भएपनि मलमपट्टी लगाउने उदेश्यले स्वास्थ्य सामाग्री र खाद्यान्न प्रदान गरेको नेता भुसालको भनाई छ ।प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षता र कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको सञ्चालनमा सम्पन्न भएको स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान) , पुर्ब सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उप प्रमुख ठाकुर कुमार बिक, भुमिकास्थान नगरपालिकाका नगर उप प्रमुख खडानन्द वेल्वासे, कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।