नेपाली काँग्रेस चितवनको सभापतिमा प्राडा सूर्यकान्त घिमीरेले उम्मेद्वारी दिने

2351

चितवन, असार १६ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै विभिन्न जिल्लाहरुमा सभापति बन्नेहरु सामाजिक सन्जालमा सक्रिय देखिन थालेका छन् । यस्तै चितवन जिल्ला सभापतिमा प््रााडा सूर्यकान्त घिमीरेले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठालाई कायम राख्न पार्टीको पुनर्जागरण गरी वैचारिक नेतृत्व , आन्तरिक लोकतन्त्र र जनमुखि संगठन निर्माण गरि युवालाई आकर्षण गर्न ,पार्टीको मातहतका संगठनहरुको नेतृत्व गरी नेपाली काँग्रेसको प्रदेश, संघ लगायतका केन्द्रिय तहसँग समन्वय गर्नआगामी ५ वर्षसम्म अन्य पदको आकांक्षी नभई राष्ट्रिय र अन्तराष्ट्रिय सुभेच्छुक संघसंस्था, भ्रातृसंगठन र विभागहरुको सुदृढिकरण र परिचालनमा महत्वपूर्ण भुमिका खेल्न,लोकतान्त्रिक आन्दोलनका योद्धा घाइते एवम् शहिद परिवारको सदा सम्मान गर्न उम्मेद्वारी दिने बताए ।

नेपाली काँग्रेसको सुनौलो इतिहासको संरक्षणर सम्बद्र्धन गर्दै पार्टीका सबै तहका साथीहरुलाई नियमित प्रशिक्षित गर्न र त्यागी नेताहरुको सम्मान गर्दै यथोचित भुमिका प्रदान गर्न बदलिदों संघिय संरचना र पार्टी विधानमा आधारित रही नेपाली राजनितीलाई दिगो विकासको लक्ष्यसँग जोड्दै लैङिगक समानता र सामाजिक समावेशिकरणको सुनिश्चितता गरी लोकतान्त्रिक समाजवादको लक्ष्य उन्मुख हुन पार्टीको संस्थागत विकास र सुदृढिकरणका लागि सुचकहरु तयार गरी नेपाली काँग्रेसलाई थप गतिशिल बनाउन आफ्नो उम्मेद्वारी दिने तयारी गरेको प्राडा घिमीरेले बताए ।