राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा विश्व हिन्दु महासंघको सार्वजनिक अपिल

272

काठमाडौँ , असार १६ ।
राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा विश्व हिन्दु महासंघले सार्वजनिक अपिल जारी गरेको छ । नेपाल सरकारले २०७८ जेठ र असारमा राष्ट्रिय जनगणना गर्ने भनेकोमा विश्वभर फैलिएको कोरोना भाइरसको कारण रोकिएको छ । अब केहि नियन्त्रणमा आएकोले सरकारले जनगणना गर्न सक्ने भएकोले हिन्दुधर्माबलम्बिहरुलाइ ख्याल गर्न आग्रह गरेको छ ।

राष्ट्रियता र सनातन धर्ममा समर्पित विश्व हिन्दु महासंघले जनगणना गर्न घरघरमा आउने गणकलाई सचेत भएर आफनो विव।ण लेखाउन ,गणना फारममा धर्मको महलमा उल्लेख भएका हिन्दु बौद्ध जैन शिख किराँत इस्लाम बहाइ लगायत मध्ये आफु जुन धर्म मान्नुहुन्छ त्यही लेखउन र अन्य नलेखाउन ,पन्चायनभित्रका वैष्णव शैव शाक्त गाणपत्य र सौर्य सम्प्रदायका साथै श्रीकृष्णप्रणामी मष्टोपूजक प्रकृतिपुजक ॐ शान्ति आर्यसमाजि मानवधर्म राधास्वामी राधामाधवलगायत विभिन्न पन्थ र मार्ग अनुयायीहरु हिन्दु ॐकार परिवारभित्र पर्ने भएकोले सबैले हिन्दु धर्म ,परम्परादेखि मान्दै आएका चाडपर्व र संस्कृतिको सहीसत्य विवरण लेखाउन , नेपाली राष्ट्रभाषका साथसाथै आफ्नो मातृभाषा र पुख्र्यौली भाषा जे हो त्यही लेखाउन,परम्परादेखि सनातन हिन्दु धर्म मान्दै आएका सबै जातजातीले आफ्नो कुलधर्म परम्पराको पालना गरी आफ्नो जात र हिन्दु धर्म लेखाउन , आफ्ले भने अनुसारको विवरण गणकले लेखेनलेखेको हेर्नुहोस् , हरेक सचेत नेपालीले यी कुराको जानकारी अरुलाई पनि , आफ्नो पहिचानको रक्षा गर्न पितापुर्खादेखिको धर्म नछाड्न धर्म परिवर्तन नगर्न अन्जानमा गर्नुभएको छ भने स्वधर्ममा वापस हुन ,नेपालमा परम्परादेखि मिलेर बसेका सबै जातजाती र धर्मानुयायीबीचको एकता र सद्भाव कायम राख्न र कसैको बहकाउमा लागेर जातीय धार्मिक घृणा र विद्वेष नफैलाउन सार्वजनिक अपिल गरिएको महासचिव अस्मिता भण्डारीले जानकारी दिनुभयो ।