“सत्यं शिवं सुन्दरं”को झझल्को दिने देवभूमि नेपाल आफ्नै विविध विशेषताले विश्वसामु परिचित छ । यसका विविध विशेषताको संरक्षण गर्नु सरकार तथा जनस्तरबाट अति नै आवश्यक छ । यही विविधता नै रहेन भने नेपाल भनेर चिनिने कुनै आधार रहने छैन । नेपालमा भएका प्राकृतिक सम्पदा, सांस्कृतिक परम्परा, पुरातात्विक वस्तु र क्षेत्रादिलाई विभिन्न बहानामा ध्वस्त पार्ने खालका गतिविधिहरू बारम्बार भइरहेका छन् । नेपालका नदीनाला, हिमशिखर, पर्वत, मौलिक संस्कार, संस्कृति र परम्परा सभ्यताका द्योतक हुन् । यिनको अस्तित्व समाप्त पार्ने दुष्प्रयास कहीँ कतैबाट पनि हुनुहुँदैन ।
दुर्भाग्य नै भन्नुपर्छ, विगत केही समयदेखि अनावश्यकरूपमा विकासको बहाना लिएर अन्य विकल्प हुँदाहुँदै सुरक्षितरूपमा प्रवाहित नदीको अस्तित्व समाप्त पार्न सम्बन्धित क्षेत्रका व्यक्ति, संस्था र उपभोक्तासंग कुनै पनि परामर्श नगरी सत्ताको दुरुपयोग गरेर कालीगण्डकी डाइभर्सनको नाममा सरकारी तवरबाटै सभ्यता, संस्कृति र धर्मलाई नै मास्ने भ्रमपूर्ण योजना अघि बढ्नु अत्यन्त खेदपूर्ण रहेको छ । तथा कालीगण्डकी जस्तो पवित्र नदीमा क्रसर उद्योग संचालन हुनु पनि आफैंमा दुःखद कुरा हो । विश्वमा शालग्राम पाइने एकमात्र नदी कालीगण्डकी केवल पानी मात्रै होइनन् यी त सभ्यता, धर्म र संस्कृतिको मूल एवं गण्डकीप्रस्रवणक्षेत्रका जनताको जीवनको आधार र आध्यात्मिक विरासतको साक्षी पनि हुन् । त्यति मात्र होइन, सारा विश्वभरिका सनातन वैदिक संस्कृतिका अनुयायीले यस नदीलाई लोकपावनी नदीको संज्ञा दिन्छन् । यसैका आधारमा दामोदर कुण्ड, मुक्तिनाथ, देवघाटधाम हुँदै त्रिवेणीसम्म पनि कालीगण्डकी आसपास रहने सबै तीर्थमा श्रद्धालु दर्शनार्थीले आस्थाका साथ दर्शन गर्दछन् । यसले हाम्रो समग्र देशको बाह्य तथा आन्तरिक धार्मिक पर्यटनलाई पनि ठूलो टेवा पुर्याएको छ ।
यस्तो तीर्थमहिमासम्पन्न कालीगण्डकी नदीलाई भौगोलिक दृष्टिले जोखिमपूर्ण र सामान्य भेलबाढी थेग्न गाह्रो पर्ने तिनाउमा डाइभर्सन गरिनु समग्र लुम्बिनी क्षेत्रका जनताकालागि पनि धोका हुनेछ । यसर्थ डाइभर्सनका नाममा कालीगण्डकी नदीलाई विनाश गर्ने र सो नदी प्रवाह क्षेत्रका विभिन्न स्थानमा अनधिकृत दोहन गर्दै शालग्राम शिलाको दुरूपयोग हुने गरी क्रसर उद्योग संचालन गर्नु जस्ता निन्दनीय योजनाको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ साथै यो योजनालाई यथाशीघ्र फिर्ता गर्न तथा त्यस क्षेत्रमा संचालित क्रसर उद्योग बन्द गर्न हामी नेपाल सरकार समक्ष जोडदार अपील गर्दछौँ । अनावश्यकरूपमा प्रकृतिको दोहनले बारम्बार प्राकृतिक विपत्ति आएको र प्रकृतिले चेतावनी दिएको पनि ख्याल नगरी हाम्रो सभ्यता र स्वाभिमानको रक्षा खातिर केही व्यक्तिको लाभको लागि उठाइएको यस्ता दुर्योजनाको विरुद्ध जस्तोसुकै कठोर कदम चाल्न पनि हामी पछि नपर्ने कुरा हामी अवगत गराएको हिन्दु जागरण नेपालका अध्यक्ष प.ं रामकृष्ण उपाध्यायले जानकारी दिनुभयो ।
उक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने संघसंस्थाहरु
नेपाल सन्त समाज
श्री जगद्गुरु आश्रम शंखमूल
श्री वेंकटेश मन्दिर बत्तिसपुतली
श्री वैष्णव परिषद् नेपाल काठमाण्डौ
श्री वैष्णव युवा परिषद् नेपाल काठमाण्डौ
श्री निम्बार्क परिषद् काठमाण्डौ
श्रीमद् भागवत प्रचार प्रसार सेवा संघ
अखण्डज्योतिबाबा स्वामी श्रीजीच्यारिटेबल ट्रष्ट
श्री ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाण्डौ
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल काठमाण्डौ
श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल काठमाण्डौ
काली गण्डकी ज्ञान विज्ञान प्रतिष्ठान
विश्व हिन्दू महासंघ
विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति
विश्व जागरण महाअभियान ट्रष्ट
जङ्गम प्रतिष्ठान काठमाण्डौ
कामधेनु गौशाला बुटवल रुपन्देही
१०८ श्रीमद् भागवत स्वर्णकल्याण सेवा परिषद्
सनातन संस्कृति समाज नेपाल
राष्ट्रिय धर्मजागरण अभियान
श्री योगी नरहरिनाथ ट्रष्ट
शिवसेना नेपाल
बानेश्वर महादेव संरक्षण तथा विकास समाज
सनातन विद्वत् परिषद् नेपाल
राष्ट्रिय कथाव्यास समिति सनातन धर्म महासंघ
पशुपति साङ्गवेद आश्रम नवलपरासी
मानव अधिकार ट्रष्ट शान्ति समाज
महेश छात्र परिषद्
वैदिक धर्म समिति सिन्धुपाल्चोक
पशुपति दर्शन समिति
सनातन संस्कृति नेपाल
वैदिक कर्मकाण्ड परिषद् विराटनगर
ओम जनजागरण नेपाल
श्रीकृष्ण प्रेम संस्थान
पिण्डेश्वर विद्यापीठ धरान
जय संगत
लोककल्याण सेवा प्रतिष्ठान काठमाण्डौ
श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समिति सुनसरी
सनातन युवा मञ्च नेपाल विराटनगर
श्री गायत्री आश्रम वराहक्षेत्र सुनसरी
कल्पेश्वर शिवमन्दिर बेलवारी मोरंग
श्री गणेश भजन कीर्तन मण्डली बेलवारी
पाथिभरा भजन कीर्तन मण्डली मोरंग
शिव भजन मण्डली
नेपाल हिन्दु धर्म संरक्षण समिति मोरंग
श्रीहरि आध्यात्मिक गुरुकुल
सगोरा नेपाल
हिन्दुराष्ट्र बचाउ अभियान
राष्ट्रिय आध्यात्मिक ज्योतिष विज्ञान प्रतिष्ठान
गण्डकी नारायणी संरक्षण महाआरती परिषद्
हिन्दुराष्ट्र संरक्षण संघ देवघाट
वैदिक सनातन धर्म संरक्षण समाज काठमाडौ
अनाथ आश्रम नेपाल
हिन्दू जागरण नेपाल