केशब खड्का , असार १६ ।
गैरआवसीय नेपाली संघ मलेसिया को २०२१-२०२३ को कार्यकाल को लागी अध्यक्ष लगायत बिभिन्न उम्मेदवार हरू को नाम सर्वजानीक भइरहेको परिपेक्षमा लामो समय देखी मलेसीया मा समाजसेवा र ब्यावसाय गर्दै आएका रन्जीत कुमार क्षेत्री नयाँ कार्यकाल को लागी महासचिव पदमा उम्मेदवार दिने भएका छन ।
लामो समय देखी संघ मा काम गर्दै आएका क्षेत्री बिगत २०१७-२०१९ र २०१९-२०२१ सम्म दुई कार्यकाल सचिवको कार्यभार निभाइसकेका क्षेत्री का अनुसार अहिले सम्म महासचिव को उम्मेद्वारी बाहिर नआएको र बरियता र अग्रज हरू को भुमिका को कारण नै आफ्नो बिरुद्ध मा कोहि महासचिव को दावेदार भएर नआउने बिस्वास ब्यक्त गरेका छ्न। संघ का केही पद्धाधिकारी बाट जानअनजान मा बिगत मा भएका गल्ती कमजोरी हरू लागी सुस्म तरिका ले निहालेर त्यस्ता गल्ती हरू भावी दिन मा हुन नदिन आफनो भुमिका रहने तथा श्रमिक को हक हित र अधिकार को लागी आफु सदा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्तगर्दै महासचिव पदमा उम्मेदवार दिने भएको बताएका छ्न।
अन्तर्रास्टिय अर्घाखाँची सम्पर्क मंच का अध्यक्ष समेत रहेका क्षेत्री ले अहिले देखिएका प्यानल गुट र उपगुट ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर अन्तिम समयमा संघ का अग्रज , पार्टी का प्रमुख , बुद्धिजीवी , ब्यावसायीक हरू ले अध्यक्ष लगायात सबै पदपुर्ती सक्षम संघको प्रतिरक्षा गर्दै सम्मोन्नत बाटो तर्फ लैजाने सधै श्रमिक को अधिकार को लागी लड़ने ब्यक्ति र बरियता को हिसाव ले नै टुंगिने कुरा मा बिस्वास ब्यक्त गरेका छ्न ।