कविता अधिकारी ।
कसैलाई दुःख कसैलाई सुख पर्ने रहेछ
एकान्तमा बस्दा बरबर आँसु झर्ने रहेछ ।
दुःख पर्दा धेरै नै हाँस्दा रहेछन्
आफन्तले नराम्रो भन्दा मन भर्ने रहेछ ।
राम्रो काम गरे भनेपनि नराम्रो ठहराईदिँदा
अघि बढेको एक पाईला पछि सर्ने रहेछ ।
एक्लै हुँदा कसैले साथ नदिए पछि
जिउदै भए नि मन भित्रै देखि मर्ने रहेछ । ।
कविता अधिकारी
शितगंगा नगरपालीका ०५ जुकेना (गल्धा) अर्घाखाँची