धातिवाङ्गमा दलित समुदायका किसानहरूलाई ९० प्रतिशत अनुदानमा बाेयर बाख्रा वितरण

667

घनश्याम पाैडेल
अर्घाखाँची, १९ असार । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा बाेयर बाख्रा वितरण गरिएकाे छ ।

वडा नं. ६ धातिवाङ्गमा दलित लक्षित कार्यक्रम अन्तर्गत २० दलित समुदायका घरपरिवारलाई ९० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हाे ।

वडाले दिएकाे अनुदानबाट समृद्ध बन्नका लागि टेवा पुग्छ कि भन्ने उद्वेश्यले उन्नत जातका बाेयर बाख्रा वितरण गरिएकाे वडा अध्यक्ष शुभबहादुर सारूले बताउँनुभयाे । सबै घरधुरीलाई १/१ वटा पाठि वितरण गरिएकाे हाे ।

साथमा १ घरपरिवारलाई बाेका र साविक वडा नं. ७ मा रहेकेा एउटा समुहलाई ४ वटा पाठि पनि वितरण गरिएकाे छ ।

बाख्रा वितरणमा वडा सदस्य पुनाराम पाैडेल, खगिश्वर पाैडेल, वडा सचिव गिता वाग्ले लगाएतकाे उपस्थिती रहेकाे थियाे।