अङ्ग्रेजी माध्यममा समेत सञ्चालित श्रीकालीगण्डकी गुरुकुलमा कक्षा ६ मा भर्ना खुल्यो

384

१९ असार , स्याङ्जा । गुरुकूल शिक्षा प्रणाली पूर्वीय शैलीको शिक्षण प्रणाली हो। यसमा विद्यार्थी गुरूको आश्रममा गइ गुरूद्वारा विभिन्न विषयमा पारङ्गत हुन्जेल पढ्ने गर्दछन्। गुरूकुल संस्कृत शब्द हो जसको अर्थ गुरूको आज्ञाँको अनुशासन भित्र बस्ने पूर्ण आवासीय विद्यार्थी हुन्छ। गुरुकुलले विद्यार्थीको दैनिक जीवनमा आवश्यक पर्ने ज्ञान, सीपमा आधारित अभ्यासमूलक शिक्षा दिन्छ। प्राचीनकालको शिक्षा पद्दती गुरूकुल नेपालमा पछिल्लो समयमा समय अनुकुल परिमार्जन गरि विकसित हुँदै गएको छ।

संस्कार सँगै वेद र बिज्ञानको समायोजन बाट आविष्कारको समेत प्रशिक्षण दिइने उद्देश्यले अङ्ग्रेजी माध्यम सहितको “श्रीकालीगण्डकी गुरुकुलम्” दुइ वर्ष अगाडिनै स्थापना गरिएको र सञ्चालनमा रहेको छ । यहाँ हाल कक्षा ८ सम्म पठन पाठन भैरहेको छ, यो नेपालको एकमात्र संस्कृत गुरुकुल भएको आध्यात्मिक चिन्तक तथा कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताउनु भयो । सोहि उद्देश्य अनुरूप अहिले कक्षा ६ मा भर्ना चलिरहेको समेत बताउनु भयो ।

प्रवेश परीक्षा भर्चुअल माध्यमबाट संञ्चालन गरिने र उत्तीर्ण विद्यार्थीहरूलाई एण्टीजेन परीक्षण गरेर गुरुकुलमा अध्यापन सुरु गरिने बताउनु भयो । गुरुकुलमा आवासीय व्यवस्था समेत उपलब्ध हुने जानकारि दिनुभयो । उत्तरवाहिनी क्षेत्रको मनोरम वातावरणमा अत्यन्त योग्य गुरुहरूबाट पढाइने यो गुरुकुलमा आफ्ना सन्तान छात्र लाई पढाउन चाहनेहरूले सम्पर्क गर्न अनुरोध समेत गर्नुभयो ।