काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महर स्वास्थ्य सामग्री सहित परशुराम नगरपालिका पुगेका छन। आईतवार नेता महरले परशुराम नगरपालिकालाई अति आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन।

परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरालाइ सो सामग्री हस्तान्तरण गरिएको हो। यसअघि केही दिन अघि सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई करिव २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका नेता महरले जिल्लाका सबै पालिका र स्वास्थ्य चौकीहरुमा विभिन्न स्वदेशी र विदेशी संघसंस्थाबाट संकलित अक्सिजन, सिलिण्डर, पिपिई, मास्क लगायत स्वास्थ्य सामग्रीहरु वितरण गर्ने अभियान चलाएका छन् ।

नेता महरको सचिवालय प्रमुख मदन उपाध्यायले दिएको जानकारी अनुसार गृहजिल्ला डडेल्धुरामा नेता महरले झण्डै ५० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् । सचिवालय प्रमुख उपाध्यायले उक्त अभियान निरन्तर चलिरहने समेत बताए ।